नेपाली सेनाको सहयोगमा घरघरमा खानेपानी
पर्वत । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १० लाख र मोदी गाउँपालिकाको रु २ लाख गरी रु १२ लाखको लागत तथा एक लाख बराबरको जनश्रमदानमा उक्त योजना सम्पन्न भएको हो ।
स्वच्छ खानेपानीको समस्या झेल्दै आएका ओखलढुङ्गावासीका लागि करिब दुई महिनाको अन्तरालमा खानेपानी योजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । विगतका समयमा खानेपानी पर्याप्त नहुँदा समस्यामा परेका ओखलढुङ्गाका २२ घरपरिवारका लागि अहिले घरघरमा खानेपानीका धारा सञ्चालनमा आएका छन् । खोलाबाट पाइपमा पानी ल्याएर गाउँमा दुईवटा मात्रै धारा सञ्चालनमा ल्याइएको र सोही पानीलाई सबै परिवारले उपभोग गर्दै आएकामा नेपाली सेनाले आयोजना सञ्चालनमा ल्याएपछि स्थानीयवासीलाई राहतको महसुस भएको स्थानीयवासी कृष्णबहादुर क्षेत्रीले बताए ।
कार्यक्रममा खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति विनयविक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्तरूपमा शुभारम्भ गरेका थिए । कार्यक्रममा पृतनापति राणाले नेपाली सेना सदैव जनताको साथमा रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समाजमा प्रभाव पार्ने काम सेनाले सञ्चालन गर्दै आएको स्पष्ट पारे ।
मोदी गाउँपालिका पर्वतका अध्यक्ष प्रेम पौडेलले नेपाली सेनाको सामाजिक सेवाभावप्रतिको जागरुकताको कदर गर्दै साँच्चिकै समस्यामा परेका नागरिकलाई सेनाले सदैव सहयोगी भाव दर्शाउनसमेत अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले समेत नेपाली सेनाले गरेको कार्यको प्रशंसा गरेका छन् ।
उक्त आयोजनाबाट मोदी गाउँपालिका–५ बाजुङ ओखलढुङ्गा गाउँका २२ परिवारसहित एक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुने भएका छन् । समुदायको मागबमोजिम नेपाली सेना र समुदायको सक्रियतासँगै मोदी गाउँपालिकाको समन्वयमा खानेपानी आयोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको केवलजङ्ग गुल्म पर्वतका गुल्मपति रमेश थापाले बताए । (रासस)
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





