संसद विघटन असंवैधानिक कार्यः यादव

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजकिशोर यादवले नेकपाको आन्तरिक कलहले गर्दा देश अहिले विषम परिस्थितिबाट गुज्रिएको टिप्पणी गरेका छन् । उनले भने, ‘अहिले नेपाल विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । अनपेक्षित घट्ना घटित भैरहेका छन् । नेकपालाई नेपाली जनताले झण्डै दुई तिहाई जनमत दिएर सरकारमा पठाएको हो । जनताले नेकपालाई देशलाई स्थिरता र समृद्धितर्फ लैजान जनादेश दिएका थिए । तर, नेकपाको आन्तरिक विवाद र कलहले गर्दा आज मुलुक नै एकप्रकारको विषम परिस्थितिबाट गुज्रिनुपरेको छ । संसद विघटन गरिएको छ । त्यसको विरुद्धमा नेकपाकै अर्को प्रमुख नेताहरुले अहिले सडक आन्दोलन र संघर्ष गरिरहेका छन् । यो विषयमा सर्वोच्च अदालतमा छलफल भैरहेको छ । नेपाली समाज विभाजित र अन्यौलग्रस्त अवस्थामा आज छ ।’
पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको घट्नालाई राजनीतिक विकासक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने पनि जोड दिए । उनले भने,‘लोकतान्त्रिक राजनीतिक अभ्यासकै कुरा गर्ने हो भने २००७ सालदेखि अहिलेसम्म विभिन्न चरणमा संविधान लेखनका काम भए । लोकतन्त्र संस्थागत गर्ने काम भयो । र फेरि पछाडि फर्किने काम भयो । अहिले चुनाव कि संसद पूनःस्थापना भनेर जवाफ खोज्नुभन्दा यो स्थिति बारम्बार किन उत्पन्न हुन्छ ? भनेर सोध्नुपर्छ । दुई तिहाईको प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस नगरी जुन अवस्था आयो । यो गम्भीर राजनीतिक दुर्घटना हो ।’
उनले नेपालको संविधान अनुसार संसद् विघटनको कार्य आपत्तिजनक भएको पनि टिप्पणी गरे । उनले भने–‘यो विघटन असंवैधानिक, अलोकतान्त्रिक हो, संविधानमा नै नभएको, हुँदै नभएको अधिकार प्रयोग भएको छ । सामान्य कानूनको अध्ययन गर्नेले यो कुरा भन्नसक्छ । यो घट्ना घटित भयो भनेर बुझ्नुहुँदैन् । संविधान निर्माण प्रक्रिया नै गलत भयो भनेर हामीले त विमति राखेका थियौं । त्यतिवेला हामीलाई क्षेत्रियता, जातीयतावादी, विखण्डनवादी भनियो । संसद विघटन यो असंवैधानिक कार्य हो । संविधान लेखन प्रक्रिया नै त्रुटिपूिण भएकोले यो घट्ना घटित भएको हो । संविधान निर्माण प्रक्रिया नै रातारात मिलेर त्यो पनि सीमित नेता मिलेर फाष्ट–ट्रयाकमा जारी गर्ने कोशिस भयो, त्यसको परिणीतिले आज मुलुकले यो अवस्था भोग्नुपरेको छ । नेपाली जनताले अब हिजो कुन÷कुन नेताले कसरी भूमिका खेले, त्यसलाई मूल्यांकन गर्नुपर्छ । जे भैरहेको छ, त्यो राम्रो भैरहेको छैन् । अब जनताले चाहेको राजनीतिक प्रणली र विकास, त्यो अनुसार अघि बढ्नुपर्छ । मुलुकको लोकतन्त्र स्थापित हुन्छ ।’
उनले प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरेको सुनाउँदै भने–‘चुनावको मिति घोषणा गरिएको छ, वैशाखमा चुनाव हुने कुनै छाँटकाँट देखिएको छैन् । नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोग गएको स्थिति छ । पार्टीको विवाद निरुपणनै भएको छैन, अनि कसरी समयमै निर्वाचन होला ? प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधिन छ । राजनीति अनिश्चिततातर्फ गैरहेको छ । यो शुभसंकेत होईन् ।’
यादवले संसद पूनःस्थापना हुन्छ भनेर अहिले कसरी भन्न सकिन्छ ? भन्दै आफूहरु अदालतको निर्णयको प्रतिक्षामा रहेको सुनाए । उनले भने,‘अहिले यस सम्बन्धमा टिकाटिप्पणी गर्नुभन्दा पनि अदालतले सम्मानजनक निर्णय गर्ला । र, अदालतको निर्णय आएपछि हाम्रो पार्टीले आधिकारिक निर्णय गर्ला ।’

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal