हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी होः भण्डारी

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै यस सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला÷निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारेका छन् । उनले भने–‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । अदालतको फैसला सर्वमान्य हुन्छ । हाम्रो पार्टीको पदाधिकारीको बैठकले संसद् विघटनको सन्दर्भमा यो कदम गैरसंवैधानिक र अलोकतान्त्रिक छ भनेर स्पष्ट रुपमा भनिसकेको छ । अहिले केन्द्रीय कमिटीको बैठक जारी छ ।’
उनले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘नेकपाले सरकार चलाउन सक्दैन् भन्ने कुरा पुष्टि भयो । नेकपा सरकार सञ्चालनमा असफल भयो । सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन् । जनताको मतप्रति बेइमानी र धोका गर्यो । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भयो । बास्तवमा यो सरकार त संस्थागत् रुपमा भ्रष्टाचार गर्दै थियो । संवैधानिक निकायलाई अघोषित रुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम भएको थियो । सरकारले सर्वसत्तावाद चरित्र देखायो । त्यसको परिणति आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था छ ।’
अब सरकारले चुनावको मिति नै घोषणा गरिसकेको छ, तपाईँहरु चुनावमा जाने कि नजाने ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘चुनावमा जान कांग्रेस किन पछि हट्ने ? नेपालमा कम्युनिष्टहरुले सरकार चलाउन सकेनन् । जनताको मतलाई कदर गरेनन् । देशलाई स्थायित्वतर्फ अघि बढाउने र विकास र समृद्धिको लागि काम गर्ने यो सरकारसँग ठूलो अवसर थियो । तर, कम्युनिष्टले समय खेर फाले । आन्तरिक कलह देखाएर, आज देशलाई कुन अवस्थामा पुर्याए ? कोरोनाको कारणले आज देश कुन अवस्थामा पुगेको छ ? न संवैधानिक निकायको कुनै सम्मान नै छ, नाम कम्युनिष्ट ।’
भण्डारीले अहिले नयाँ जनादेशमा जाने कुरा मुलुकको आवश्यकत्ता भएको दाबी गरे । उनले भने,‘नयाँ जनादेश मुलुकको आवश्यकत्ता हो, संसद् विघटनको मुद्दा अदालतमा पुगेको छ । हामी अदालतको फैसलालाई सम्मान गर्छौं ।’ अबको कांग्रेसको चुनावी एजेण्डा हिन्दूराष्ट्र पूनःस्थापना हो भनेर सोधिएको अर्को प्रश्नमा भण्डारीले भने–‘हिन्दूराष्ट्रको विषयमा कांग्रेसमा अत्यन्तै गहन रुपमा छलफल भएको छ। यसअघि काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत सदस्यहरुले कांग्रेसले मूल एजेण्डाको रुपमा सनातन हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए, यो विषय महाधिवेशनको मूल विषय बन्नेछ ।’

163 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal