हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी होः भण्डारी

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै यस सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला÷निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारेका छन् । उनले भने–‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । अदालतको फैसला सर्वमान्य हुन्छ । हाम्रो पार्टीको पदाधिकारीको बैठकले संसद् विघटनको सन्दर्भमा यो कदम गैरसंवैधानिक र अलोकतान्त्रिक छ भनेर स्पष्ट रुपमा भनिसकेको छ । अहिले केन्द्रीय कमिटीको बैठक जारी छ ।’
उनले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘नेकपाले सरकार चलाउन सक्दैन् भन्ने कुरा पुष्टि भयो । नेकपा सरकार सञ्चालनमा असफल भयो । सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन् । जनताको मतप्रति बेइमानी र धोका गर्यो । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भयो । बास्तवमा यो सरकार त संस्थागत् रुपमा भ्रष्टाचार गर्दै थियो । संवैधानिक निकायलाई अघोषित रुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम भएको थियो । सरकारले सर्वसत्तावाद चरित्र देखायो । त्यसको परिणति आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था छ ।’
अब सरकारले चुनावको मिति नै घोषणा गरिसकेको छ, तपाईँहरु चुनावमा जाने कि नजाने ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘चुनावमा जान कांग्रेस किन पछि हट्ने ? नेपालमा कम्युनिष्टहरुले सरकार चलाउन सकेनन् । जनताको मतलाई कदर गरेनन् । देशलाई स्थायित्वतर्फ अघि बढाउने र विकास र समृद्धिको लागि काम गर्ने यो सरकारसँग ठूलो अवसर थियो । तर, कम्युनिष्टले समय खेर फाले । आन्तरिक कलह देखाएर, आज देशलाई कुन अवस्थामा पुर्याए ? कोरोनाको कारणले आज देश कुन अवस्थामा पुगेको छ ? न संवैधानिक निकायको कुनै सम्मान नै छ, नाम कम्युनिष्ट ।’
भण्डारीले अहिले नयाँ जनादेशमा जाने कुरा मुलुकको आवश्यकत्ता भएको दाबी गरे । उनले भने,‘नयाँ जनादेश मुलुकको आवश्यकत्ता हो, संसद् विघटनको मुद्दा अदालतमा पुगेको छ । हामी अदालतको फैसलालाई सम्मान गर्छौं ।’ अबको कांग्रेसको चुनावी एजेण्डा हिन्दूराष्ट्र पूनःस्थापना हो भनेर सोधिएको अर्को प्रश्नमा भण्डारीले भने–‘हिन्दूराष्ट्रको विषयमा कांग्रेसमा अत्यन्तै गहन रुपमा छलफल भएको छ। यसअघि काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत सदस्यहरुले कांग्रेसले मूल एजेण्डाको रुपमा सनातन हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए, यो विषय महाधिवेशनको मूल विषय बन्नेछ ।’

250 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal