ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैनः रघुवीर महासेठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । र, केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गरे । उनले भने–‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरु नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्तावपनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे । उनले भने–‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईहरु पनि जुट्न्होस । हामी अदालतको निर्णय मान्छौं । संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ ।’
उनले नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको गुनासो पोखे । उनले विगत सम्झिँदै भने–‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरु भयो, त्यो राम्रो तवरले भएको भए दुर्घट्ना हुने थिएन् । एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ । नेकपाका दोस्रो अधयक्ष प्रचण्डले जुन राजनिितक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ। एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरुले भनेर प्रचण्डजी ब्याक हुनुभयो । तर, हामी मोर्चाबन्दी गरेर चुनाव लड्यौं । चुनाव सकिएपनि हाम्रो पार्टीको नेतृत्वमा करिब दुई तिहाईको सरकार बन्यो । प्रधानमन्त्री ओली बन्नुभयो । यो बीचमा सरकारले धेरै राम्रा काम गर्दागर्दैपनि पार्टीभित्रबाट सहयोग प्राप्त भएन् । प्रतिपक्षमा कांग्रेस थियो, तर उहाँहरुले प्रतिपक्षको भूमिका खेल्नुभएन् । हाम्रै पार्टीभिबाट प्रतिपक्षको भाषा बोल्न थाल्नुभयो । ऐतिहासिक काम गर्दागर्दै पनि आफ्नै पार्टीबाट असहयोग भयो ।’
आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन् भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उनले आरोप लगाए । उनले भने,‘उल्टै सरकारले काम गर्न सकेन भनेर ओलीले राजीनामा दिनुपर्छ भनेर माग गरियो । विशेष संसद अधिवेशनको लागि माग गर्नुभयो । संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपतिसमक्ष हाम्रै साथीहरु जानुभयो । यो प्रकरणले प्रधानमन्त्री झस्किनुभयो । सरकारविरुद्धको मोर्चाबन्दी र घेराबन्दी निरन्तर भयो । एकपछि अर्को श्रृंखलाले यो संसद भंग भयो । यो कुनै खराब उद्देश्यले भएको होईन् । कांग्रेस र राजपाले आफ्ना योजना हाम्रो पार्टीभित्रैबाट कार्यान्यवन गर्न खोजेपछि प्रधानमन्त्रीज्यूले यो कदम चाल्नुभएको हो । उहाँले कि प्रधानमन्त्री छोड्नुपर्दथ्यो या निर्वाचनमा जानुपर्दथ्यो । देश जुन बाटोमा गैरहेको थियो, त्यसमा निरन्तर जानको लागि एउटै बाटो थियो–त्यो संसद विघटन हो । उहाँले देशलाई नयाँ जनादेशमा लैजानको लागि उहाँले निर्वाचन मिति घोषणा गर्नुभएको छ । वैशाख १७ र वैशाख २७ गते । अहिले चुनाव हुन्छ कि हुँदैन् ? भनेर विवाद छ, तर चुनाव सय प्रतिशत हुन्छ । सरकारसँग विकल्प छैन् । संसद भंग भएपछि ६ महिनाभित्र चुनाव गराउनैपर्छ । ६ महिनाभित्र भएन भने सरकारको औचित्यमाथि प्रश्न उठ्छ । पुष ५ गते संसद विघटन भएको छ । असार ५ गतेभित्र चुनाव गराउनैपर्छ ।’
महासेठले निर्वाचन आयोगले जे निर्णय दिन्छ त्यो पनि आफूहरुले मान्ने दाबी गरे । उनले भने,‘हामी निर्वाचन आयोगले गरेको निर्णय मान्छौं । हामी आन्दोलनमा जाँदैनौं । अदालत र निर्वाचन आयोगमाथि हामीलाई विश्वास छ । आयोगलाई प्रभावित पार्नलाई हामी मांशहारी आन्दोलनको धम्की पनि दिँदैनौं । मांशहारी आन्दोलनको नाममा सम्मानित अदालत डराउँदैन् । यो बेलामा आफूअनुकुल निर्णय नआए आन्दोलन गर्छु भन्नु बेकार हो । जनयुद्धबाट के÷कति क्षति भएको छ ? भन्ने कुरा यहाँहरुलाई थाहा नै छ । १७ हजार नेपालीले ज्यान गुम्यो । नेपाली जनता त्यो बाटमो जाँदैनन्। आयोगको निर्णय मान्छौं ।’
नेता महासेठले यही माघ २३ गते काठमाडौंमा हुने आफूहरुको भेलामा प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको पनि दाबी गरे । उनले भने,‘त्यसको ० प्रतिशत पनि सम्भावना छैन् ।’
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





