बेँसीशहर–चामे सडक आजबाट तीन दिन बन्द हुने

२०७७ माघ २० गते, मंगलवार

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ । लमजुङ र मनाङ जोड्ने सडकको स्तरोन्नति गर्न मंगलबार बिहान १० देखि बिहीबार राति १० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।
सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका( ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।
उनले भने, ‘डुम्रे।बेँसीशहर।चामे सडक योजना कार्यालयबाट प्रशासनलाई उक्त सडकमा सबै प्रकारका सवारी सञ्‍चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै उक्त समय बन्द गर्न लागेका हौँ ।’
डुमे्र,बेँसीशहर,चामे सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पिसिसी) गरिनेछ । नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । रासस

300 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal