जवरजस्ती भट्टा राख्न खोजे रगतको खोला बगाउने चेतावनी

२०७७ माघ १८ गते, आईतवार

झापा । झापाको कमल गाउँपालिका १ रतनचौनबासीले आफ्नो गाउँमा ईटा भट्टा खोल्न नदिने बताएका छन् । रतनचौन टोल विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय वासिन्दाहरूले ईटा भट्टाको बिरुद्धमा ज्यानको बलिदान दिन तयार रहेको बताए ।
भेलामा वडाध्यक्ष देखि स्थानीय बुढापाका, महिला,वालबालिका सहितको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा उपस्थित सबैको एउटै आवाज थियो – ईटा भट्टाले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ , त्यसकारण मानव बस्तीको बीचमा ईटाभट्टा खोल्न दिनु भएको आफ्नो हत्या आफै गर्नु जस्तै हो । कमल १ का वडाध्यक्ष केदार कट्वालले उद्योग स्थापनाका विषयमा वडा कार्यालयमा कुनै सूचना नआएको बताउनु भयो । उहाँले प्रदुषण युक्त उद्योगको विरुद्धमा स्थानीय बासिन्दालाई आफ्नो साथ सहयोग रहेको बताउनु भयो । वडाध्यक्ष कट्वाले भन्नुभयो –उद्योगीले आफ्नो नीजि जग्गा हो भन्दैमा स्थानीय सरकार र सरोकारवालाहरू र सँधियारहरूलाई वेवास्ता गरेर भट्टा सञ्चालन गर्न नपाउनु हुन्न । कानूनी प्रकिया पुरा गरेर कुनै उद्यान , कृषि उद्योग, पशुपालन वा अरु प्रदुषण नगर्ने प्रकार उद्योग खोल्न वडाध्यक्षको सुझाव छ ।
स्थायीय वृद्ध तुलसीराम दङ्गालले २०७३ कात्तिक ९ गते तत्कालिन तोपगाछीबाट ईटा भट्टा खोल्न स्थानीयको सहमति माग भएको बताउनु भयो । तर, त्यसैबेला हालका वडाध्यक्ष केदार कट्वालको अगुवाईमा स्थानीय ३२० परिवारको हस्ताक्षर सहित घरेलु उद्योग कार्यालय झापामा असहमति पत्र बुझाएको बताउनु भयो । तर, भट्टा सञ्चालकले उतिबेला नै धम्क्याएको बताउनु भयो । उहाँले स्थानीयको असहमति हुँदा हुँदै भट्टा ख्ुले रगतको खोलो बगाउन तयार रहेको उहाँले बताउनु भयो ।
रतनचौन टोल विकास समितिका अध्यक्ष सन्तोष कट्वालले साढे ३ सय परिवारको उठिबास हुने गरी कुनै पनि हालतमा भट्टा खोल्न नदिने बताउनुभयो । उहाँले गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद शिवाकोटीले पनि अब प्रतिकारमा उत्रनु भनेको बताउनु भयो । उहाँले स्थानीय नागरिक प्रतिकारमा उत्रिदाँ हुने क्षतिको जिम्मा उद्योगीले नै लिनु पर्ने बताउनु भयो ।
उता उद्योग सञ्चालनको तयारीमा रहनु भएका ब्यवसायी गुणराज थापा कानूनी प्रक्रिया नपु¥याई उद्योग नखोल्ने बताउनु हुन्छ । उहाँले ‘हाइव्रेड हप मल्टिक्लिन ’ प्रविधिको उद्योग भएकाले वातावरण मैत्री हुने बताउनु भयो । गरिमा टायल्स प्रालि नामको उद्योगले स्थानीय ३० जनालाई रोजगार दिने उहाँको भनाई छ । २५ करोड रुपियाँको लगानीमा सुरु हुने उद्योगले दैनिक ५० हजार ईटा उत्पादन गर्नेछ । यति ठूलो प्रविधि मैत्री उद्योग खुल्दा त्यहाँका वासिन्दाको आर्थिक रुपान्तरणमा सहयोग पुग्ने थापाको भनाई छ ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal