गत चुनावमा हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, : पूर्वमन्त्री बाँस्कोटा

२०७७ माघ १७ गते, शनिबार

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गरे ।
“हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ, यो लडाइँमा सहयात्री बनेकाले त्यो लडाइँमा साथ नदिएर व्यक्तिगत स्वार्थमा लागे, यसले राष्ट्रवादमाथि खतराको सङ्केत दिएको छ”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भने । सहयात्रीको व्यक्तिगत स्वार्थले ‘चुच्चे नक्शा’ भनेर खिल्ली उडाउनेलाई साथ दिइरहेको उनको दाबी थियो ।
“१४६ वर्षदेखि लुकाएर राखिएको नेपालको विस्तारित राज्यको नक्शा वर्तमान प्रधानमन्त्रीले सार्वजनिक गर्दा पाएको प्रशंसा सहन सकेनन् र अविश्वासको प्रस्ताव दर्ता गर्नसम्म भ्याए, यसलाई कसरी लिने तपाईँहरु आफैँ बुझ्नुस्”, बाँस्कोटाले भने ।
नेता बाँस्कोटाले फरक प्रसङ्गमा आजको ठीक तीन महिनापछि संसदीय निर्वाचन हुने बताउँदै निर्वाचनले सिन्दुर र माला लगाएर विजयी जुलुस मात्रै होइन, विदेशीसामु कहिल्यै नझुक्ने नेतृत्व दिलाउने दावी गरे ।
उनले भने, “गत चुनावमा पनि हामी उपरखुट्टी लगाएर बस्न होइन, काम गर्न आएका थियौँ, काम गरिरहेका छौँ, अब पनि गर्नेछौँ ।” उनले वर्तमान सरकारले पुनर्जागरणको युग शुरु गरेको उल्लेख गर्दै निर्माण, गरिबीविरुद्ध र सुख, शान्तिको नवीनतम युगको थालनी गरेको बताए ।
नेता बाँस्कोटाले आफूमाथि व्यक्तिगतरूपमा विरोधको भाषामा नाराबाजी गरेकामा आपत्ति जनाउँदै सबै दलका हरेक नेताको बैंक खाता हेर्नुपर्ने माग राखे । “खाँदै नखाएको विषयमा विरोध आउँदा राजीनामा दिएँ, अब जिम्मेवार व्यक्तिले नेता र पूर्वमन्त्री भ्रष्टाचारका बोलेको विषयमा आरोप लागेकाले के गर्छौँ, त्यसो भए सबैको बैंक खाता हेरौँ”, उनले थपे । उनले सबै नेता कार्यकर्तालाई चुनावी रणनीतिमा लाग्न आग्रह गरे ।
सो अवसरमा बाँस्कोटाले विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नवप्रवेशीलाई सदस्यता वितरणसहित स्वागत गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामहरि सुवेदी, रेशम लामा, भीम न्यौपाने, नारायण पाण्डे, कुमार थापा, अम्बुभवानी कार्की तथा जिल्ला नेता सुरेश हुमागार्इँ, गीता बञ्जारालगायतले वर्तमान अवस्थामा निर्वाचनको तयारीमा लाग्नु पार्टी हितमा हुने विचार व्यक्त गरेका थिइ । भेलाले २९९ सदस्यीय नेकपा पनौती नगर कमिटी गठन गरेको छ ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal