आर्मीलाई प्रधानमन्त्री कप क्रिकेटको उपाधि

२०७७ माघ १७ गते, शनिबार

काठमाडौँ । शनिबार त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो । प्रतियोगिता उपाधि उचालेसँगै आर्मीले १० लाख प्राप्त गर्‍यो भने उप(विजेता एपीएफले पाँच लाख हात पार्‍यो ।
कीर्तिपुस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको एपीएफले ४१।३ ओभरमा सबै विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।
एपीएफ अपराजित रहँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । आर्मी भने लिग चरणमा एपीएफसँग पराजित भएको थियो । आर्मीले यस प्रतियोगिता सुरु भएदेखि नै प्रत्येक संस्करणको फाइनल खेल्दै आएको छ । २०७४ मा भएको पहिलो संस्करणमा आर्मीले विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग उपाधि बाढेको थियो । दोस्रो संस्करणमा भने एपीएफसँग पराजत भएको थियो ।
शनिबारको फाइनलमा आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए । एक सय दुई बलको सामना गर्दा चौहानले ६ चौका प्रहार गरे । त्यसअघि आर्मीलाई ओपनरद्वय शुसन भारी र अनिल मण्डलले औसत सुरुवात दिलाए । भारीले ३४ बलमा १३ रन बनाउँदा अर्का ओपनर मण्डलले २१ बलको समाना गर्दा ११ रनको योगदान गरे ।

265 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal