नयाँ निर्माण सामाग्रीबारे बुझ्न भूकम्पका इन्जिनियरहरु गोर्खा इको प्यानलमा

२०७७ माघ १७ गते, शनिबार

काठमाडौ । आधुनिक निमार्ण सामाग्रीबारे बुझ्न राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर अन्तर्गतका इन्जिनियरहरु शुक्रबार गोर्खा इको प्यानल उत्पादन गर्ने कारखानामा पुगेका छन् । नयाँं निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानलबारे बुझ्न उनीहरु इको प्यानल उत्पादन गर्ने कारखाना भक्तपुरकै चाँंगुनारायण नगरपालिकास्थित हनुमानचा पुगेका हुन् ।
बुधबार र विहीबार राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरको कार्यालय सल्लाघारीमा सैद्धान्तिक जानकारी लिएका उनीहरु गोर्खा इको प्यानलबारे अझ नजिकबाट बुझ्न शुक्रबार कारखानामा पुगेका हुन् । उनीहरुलाई गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इन्जिनियर कृष्णसुन्दर कुम्पाखले गोर्खा इको प्यानलको विशेषताहरुबारे प्रयोगात्मक रुपमा देखाएका थिए । उनीहरुलाई गोर्खा इको प्यानलको फायर प्रुफ, एन्टी इम्प्याक्ट (प्रतिरोध क्षमता), भार थेग्ने क्षमतालगायतका विषयहरुबारे प्रयोगात्मक देखाइएको थियो । इको प्यानलमा पेट्रोल छर्केर बाल्न लगाउँंदा पनि इको प्यानल नबल्ने, इको प्यानलले आफनो भारको तुलनामा कम्तीमा तीन गुणा भार थेग्न सक्नेलगायतका विशेषताहरुबारे प्रयोगात्मक प्रदर्शनी गरिएको थियो । त्यस क्रममा इको प्यानल जडान प्रविधिबारे पनि उनीहरुलाई प्रयोगात्मक रुपमा देखाइएको थियो । भ्रमणपछि इन्जिनियरहरुले भ्रमणबाट आफूहरुलाई नयाँं प्रविधिको रुपमा आएको इको प्यानल प्रविधिबारे पनि जानकारी पाएर काम गर्न सकिजो हुने विश्वास लिए ।


कार्यक्रममको क्रममा राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर सल्लाघारी कार्यायलका इन्जिनियर रोशन केशरी र आर्किटेक्ट विभा सैंजूलाई गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतुले मायाको चिनो प्रदान गरेका थिए ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भूकम्पपछिको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ दुई दिने तालिम र एकदिने फ्याक्टी भिजित कार्यक्रम गरेको जनाए । अवका दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तर अगाडि वढाउँंदै लाने योजना रहेको सीईओ कवांले सुनाए ।
गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।

410 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal