नयाँ निर्माण सामाग्रीबारे बुझ्न भूकम्पका इन्जिनियरहरु गोर्खा इको प्यानलमा

२०७७ माघ १७ गते, शनिबार

काठमाडौ । आधुनिक निमार्ण सामाग्रीबारे बुझ्न राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर अन्तर्गतका इन्जिनियरहरु शुक्रबार गोर्खा इको प्यानल उत्पादन गर्ने कारखानामा पुगेका छन् । नयाँं निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानलबारे बुझ्न उनीहरु इको प्यानल उत्पादन गर्ने कारखाना भक्तपुरकै चाँंगुनारायण नगरपालिकास्थित हनुमानचा पुगेका हुन् ।
बुधबार र विहीबार राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुरको कार्यालय सल्लाघारीमा सैद्धान्तिक जानकारी लिएका उनीहरु गोर्खा इको प्यानलबारे अझ नजिकबाट बुझ्न शुक्रबार कारखानामा पुगेका हुन् । उनीहरुलाई गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इन्जिनियर कृष्णसुन्दर कुम्पाखले गोर्खा इको प्यानलको विशेषताहरुबारे प्रयोगात्मक रुपमा देखाएका थिए । उनीहरुलाई गोर्खा इको प्यानलको फायर प्रुफ, एन्टी इम्प्याक्ट (प्रतिरोध क्षमता), भार थेग्ने क्षमतालगायतका विषयहरुबारे प्रयोगात्मक देखाइएको थियो । इको प्यानलमा पेट्रोल छर्केर बाल्न लगाउँंदा पनि इको प्यानल नबल्ने, इको प्यानलले आफनो भारको तुलनामा कम्तीमा तीन गुणा भार थेग्न सक्नेलगायतका विशेषताहरुबारे प्रयोगात्मक प्रदर्शनी गरिएको थियो । त्यस क्रममा इको प्यानल जडान प्रविधिबारे पनि उनीहरुलाई प्रयोगात्मक रुपमा देखाइएको थियो । भ्रमणपछि इन्जिनियरहरुले भ्रमणबाट आफूहरुलाई नयाँं प्रविधिको रुपमा आएको इको प्यानल प्रविधिबारे पनि जानकारी पाएर काम गर्न सकिजो हुने विश्वास लिए ।


कार्यक्रममको क्रममा राष्ट्रिय पुननिर्माण प्राधीकरण केन्द्रिय आयोजना कार्यान्वयन एकाई (भबन) जिल्ला आयोजना कार्यान्वयन एकाई भक्तपुर सल्लाघारी कार्यायलका इन्जिनियर रोशन केशरी र आर्किटेक्ट विभा सैंजूलाई गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाईतुले मायाको चिनो प्रदान गरेका थिए ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भूकम्पपछिको पुननिर्माणमा सहयोग गर्ने उद्देश्यका साथ दुई दिने तालिम र एकदिने फ्याक्टी भिजित कार्यक्रम गरेको जनाए । अवका दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तर अगाडि वढाउँंदै लाने योजना रहेको सीईओ कवांले सुनाए ।
गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको लोकप्रियता देशैभरि वढ्दो रहेको छ ।

422 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal