चुच्चे नक्सा जारी भएपछी प्रधानमन्त्रीलाई हटाउने अभियान चल्योः मन्त्री अर्याल
काभ्रे । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ काभे्रले हिजो (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताउनुभयो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी केपी ओलीलाई हटाउन लागेका हुन् ।’
प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको उहाँको भनाई थियो । आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उहाँले यो निर्वाचनबाट फेरिपनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गर्नुभयो । ‘आगामी वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ । यो निर्वाचनबाट फेरि केपी ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउछ’, उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टी फुट्यो, अब जय नेपाल बाकसभी हुनेछ भनेर कसैले नसोचे हुन्छ । यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउछ ।’
वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताउनुभयो ।
अबको जमाना प्रतिस्पर्धा, क्षमताको भएको भन्दै उहाँले बिना प्रतिस्पर्धा कँहीपनि पुग्न नसकिने बताउनुभयो । त्यसकारण नेतृत्वमा आउने सबै महिलाहरुले समयअनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





