लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्याउने खानेपानी मन्त्रालयको निर्णय

२०७७ माघ १६ गते, शुक्रबार

प्यूठान । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए । स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पु¥याउने निर्णय गरेका हुन् ।
मन्त्रालयले स्वर्गद्धारीको खानेपानी समस्या समाधानका लागि यही बर्ष डिपिआर सक्ने समेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक बर्ष नै बजेटको व्यवस्था गरि स्वर्गद्धारीमा रहेको खानेपानी समस्यालाई सधैँको लागि समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।
स्वर्गद्धारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्नेगर्छन् । स्वर्गद्धारी आश्रममा करिब चार सय परिवारको बसोबास छ । स्वर्गद्धारी आश्रमले त्यहाँ ४ सय ६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।
पानीको अभावले मन्दीरको सरसफाईमा समेत समस्या पर्दै आएको थियो । यस्तै भत्तजनलाई खानेपानीको समस्या, त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो । यहीँ समस्या समाधानका लागि मन्त्री थापाले मन्त्रीस्तरिय निर्णयबाट माडी नदीको पानी लिफ्ट गरेर स्वर्गद्धारीको खानेपानी समस्या समाधान गर्ने निर्णय गरेका हुन् ।

245 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal