प्रधानमन्त्री ओली श्री ३ महाराज बन्न खोजेः प्रचण्ड

२०७७ माघ १५ गते, बिहीबार

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराज बन्न खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले बुटवलमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘म आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रस्तावित गरेका केपी ओलीले श्री ३ महाराज बन्ने सपना देखेका छन्, राजतन्त्रलाई लात्ती हान्ने नेपालीले ओलीको निरंकुशता स्वीकार्दैनन् । ओलीको निरंकुशता चुट्कीको भरमा अन्त्य हुनेछ,’ प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिने विश्वास व्यक्त गरे । ‘मलाई विश्वास छ, अदालतले संसद पुनःस्थापना गर्नेछ । केही आशंका गर्दिनँ तर सबभन्दा ठूलो अदालत जनता हो, तपाईंहरूको फैसला अन्तिम हुनेछ,’ प्रचण्डले भने ।
दोस्रो जनआन्दोलनको पृष्ठभूमि बुटवलले बनाएको भन्दै यसपटक पनि बुटवलको आन्दोलनले प्रतिनिधिसभा विघटनको प्रतिगमनलाई सच्चाउने दावी गरे ।

272 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal