जनमतमा जान किन डर ?
प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन् । आफूलाई प्रधानमन्त्रीको रुपमा काम गर्न नदिएपछि बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको हो । प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोध गरेको भए पनि आफैंभित्रबाट असहयोग गरेकाले प्रधानमन्त्रीले सोचे अनुसारको काम गर्न पाएनन् । पाँच वर्षको म्यान्डेट लिएर आएको सरकारले क्रमिक रुपमा विकास गरेकै हो तर सधैं विरोध र आलोचनामात्र गरेर केही पनि काम नै भएन भन्ने गलत प्रचार गरियो । प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नाराले सार्थकता पाउन थालेपछि चोचोमोचो मिलाएर खान पल्केकाहरुको दैनिक कष्टकर बनेको छ । प्रधानमन्त्रीले अनिममितता गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु भन्न थालेपछि कर्मचारीतन्त्रबाट पनि उनलाई असहयोग भएको छ ।
आफूसँग बहुमत भएकाले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने सम्भावना नभएपछि प्रधानमन्त्रीले संविधानलाई आधार मानेर प्रतिनिधिसभा भंग गरेका हुन् । अहिले सडकमा सरकारले चालेको कदमको विरोध गर्नुको पनि कुनै अर्थ छैन । निर्वाचन लोकतन्त्र र प्रजातन्त्रको सुन्दर पक्ष हो, राजनीतिमा यसको निकै ठूलो महत्व रहेको हुन्छ । निर्वाचनमा जाँदा हारिन्छ भन्ने डरले धेरैले निर्वाचनको विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले देश र वर्तमान व्यवस्था, संघीयता र संविधान नै संकटमा पर्ने खतरा भएको भन्दै त्यसलाई जोगाउन साहसिक निर्णय लिएको प्रष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्री पदसमेत धरापमा पारेर लिएको निर्णय कुनै पनि हालतमा अस्वभाविक छैन । अरु नेताहरु पद र प्रतिष्ठामा सधैं लालयित हुने गरेका छन् तर प्रधानमन्त्रीले भने आफ्नो कार्यकाल झण्डै दुई वर्ष बाँकी हुँदा नै ताजा जनादेशमा जाउँ भनेर आव्हान गर्नु चानचुने कुरा होइन ।
प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गरेर सरकार फेरि आफैं चलाउने र आफ्ना बाँकी सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्रकै अर्को पक्षले गरेको चालबाजीका कारण आफू संकटमा परेकाले आफ्नो एक्लै दुई तिहाई आउने उनको दाबी छ । ओली राष्ट्रवादी नेता भएकाले यो असम्भव पनि छैन । निर्वाचनमा जाँदा पत्तासाफ भइएला भन्ने सोचेकाहरुले भनें अनेक बहाना बनाएर निर्वाचन भाँड्न खोजिरहेका छन्, यो पक्कै पनि राम्रो पक्ष होइन । ताजा जनादेशले नै पार्टी र नेताको पहिचान गर्ने भएकाले यसको विकल्प खोज्नु कसैले पनि हुँदैन ।
प्रधानमन्त्रीलाई जनताले दिएको जनादेश पनि यही हो, जसको आडमा टेकेर उनले सरकार चलाइरहेका थिए तर बीचमा आएका विविध समस्याले संकट निम्त्याएको छ । देश विकासको सँगै समाजको हकहितको पक्षमा आवाज बोल्दै आएका ओलीलाई सत्ताबाट हटाउने खेल खेल्नु भनेको प्रतिगमन हो । अर्काको हातमा सत्ता जाँदा देशमा फेरि पनि ठूलो संकट आउला र जनताले फेरि दुःख पाउलान् भनेर त्यो खतरा रोक्न चालिएको कदमलाई सबैले उदार छाती बनाएर स्वागत गर्नुको अर्को विकल्प पनि छैन ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





