जनमतमा जान किन डर ?

२०७७ माघ १३ गते, मंगलवार

प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेपछि आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन् । आफूलाई प्रधानमन्त्रीको रुपमा काम गर्न नदिएपछि बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुपरेको हो । प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुण र दोषको आधारमा समर्थन र विरोध गरेको भए पनि आफैंभित्रबाट असहयोग गरेकाले प्रधानमन्त्रीले सोचे अनुसारको काम गर्न पाएनन् । पाँच वर्षको म्यान्डेट लिएर आएको सरकारले क्रमिक रुपमा विकास गरेकै हो तर सधैं विरोध र आलोचनामात्र गरेर केही पनि काम नै भएन भन्ने गलत प्रचार गरियो । प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नाराले सार्थकता पाउन थालेपछि चोचोमोचो मिलाएर खान पल्केकाहरुको दैनिक कष्टकर बनेको छ । प्रधानमन्त्रीले अनिममितता गर्ने र भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु भन्न थालेपछि कर्मचारीतन्त्रबाट पनि उनलाई असहयोग भएको छ ।
आफूसँग बहुमत भएकाले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने सम्भावना नभएपछि प्रधानमन्त्रीले संविधानलाई आधार मानेर प्रतिनिधिसभा भंग गरेका हुन् । अहिले सडकमा सरकारले चालेको कदमको विरोध गर्नुको पनि कुनै अर्थ छैन । निर्वाचन लोकतन्त्र र प्रजातन्त्रको सुन्दर पक्ष हो, राजनीतिमा यसको निकै ठूलो महत्व रहेको हुन्छ । निर्वाचनमा जाँदा हारिन्छ भन्ने डरले धेरैले निर्वाचनको विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले देश र वर्तमान व्यवस्था, संघीयता र संविधान नै संकटमा पर्ने खतरा भएको भन्दै त्यसलाई जोगाउन साहसिक निर्णय लिएको प्रष्ट बुझ्न सकिन्छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्री पदसमेत धरापमा पारेर लिएको निर्णय कुनै पनि हालतमा अस्वभाविक छैन । अरु नेताहरु पद र प्रतिष्ठामा सधैं लालयित हुने गरेका छन् तर प्रधानमन्त्रीले भने आफ्नो कार्यकाल झण्डै दुई वर्ष बाँकी हुँदा नै ताजा जनादेशमा जाउँ भनेर आव्हान गर्नु चानचुने कुरा होइन ।
प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गरेर सरकार फेरि आफैं चलाउने र आफ्ना बाँकी सपना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्रकै अर्को पक्षले गरेको चालबाजीका कारण आफू संकटमा परेकाले आफ्नो एक्लै दुई तिहाई आउने उनको दाबी छ । ओली राष्ट्रवादी नेता भएकाले यो असम्भव पनि छैन । निर्वाचनमा जाँदा पत्तासाफ भइएला भन्ने सोचेकाहरुले भनें अनेक बहाना बनाएर निर्वाचन भाँड्न खोजिरहेका छन्, यो पक्कै पनि राम्रो पक्ष होइन । ताजा जनादेशले नै पार्टी र नेताको पहिचान गर्ने भएकाले यसको विकल्प खोज्नु कसैले पनि हुँदैन ।
प्रधानमन्त्रीलाई जनताले दिएको जनादेश पनि यही हो, जसको आडमा टेकेर उनले सरकार चलाइरहेका थिए तर बीचमा आएका विविध समस्याले संकट निम्त्याएको छ । देश विकासको सँगै समाजको हकहितको पक्षमा आवाज बोल्दै आएका ओलीलाई सत्ताबाट हटाउने खेल खेल्नु भनेको प्रतिगमन हो । अर्काको हातमा सत्ता जाँदा देशमा फेरि पनि ठूलो संकट आउला र जनताले फेरि दुःख पाउलान् भनेर त्यो खतरा रोक्न चालिएको कदमलाई सबैले उदार छाती बनाएर स्वागत गर्नुको अर्को विकल्प पनि छैन ।

175 Views

ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने

२०८१ माघ २८ गते, सोमबार

बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव

२०८१ माघ २७ गते, आईतवार

प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत

२०८१ माघ २७ गते, आईतवार

नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार

२०८१ माघ २७ गते, आईतवार

ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने

२०८१ माघ २७ गते, आईतवार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

२०८१ माघ २७ गते, आईतवार

इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड

२०८१ माघ २७ गते, आईतवार

उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ

२०८१ माघ २७ गते, आईतवार

अब रारामा पर्यटक प्रहरी

२०८१ माघ २७ गते, आईतवार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal