केपी ओलीले किर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरेः भीम रावल

२०७७ माघ ११ गते, आईतवार

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (चण्ड–माधव) समूहका स्थायी कमिटी सदस्य भीम रावलले केपी ओलीले ‘किर्ते कागज बनाएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।
धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको किर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको हो ।’ उनले प्रतिनिधिसभा विघटनपछि बहुमत सदस्य रहेको आफ्नो पक्ष नै आधिकारिक भएको बताए ।
उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको बताउँदै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने दाबी गरे । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकता सम्बन्धी विवाद समाधान गर्छ,’ उनले भने, ‘४४५ जनामा ३१५ जना हामीसँगै छौँ ।’
उनले प्रतिनिधिसभा विघटनमार्फत लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै त्यसविरुद्ध आफूहरूले खबरदारी गरिरहने बताए । नेता रावलले प्रदेश सरकारमा मन्त्री थप्ने, रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र मन्त्रिमण्डलको हेरफेर गर्ने अधिकार मुख्यमन्त्रीको रहेको बताउँदै मुख्यमन्त्रीले पार्टीको नीतिगत निर्देशनअनुसार काम गर्ने बताए ।
उनले पार्टीले सरकारलाई उचित समयमा र गर्नुपर्ने कामहरू तत्काल गर्न र जनतालाई सेवा सुविधा यथाशिघ्र पुर्याउनुपर्ने नीतिगत निर्देशन रहेको बताए ।

297 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal