सशस्त्र प्रहरी दिवसः विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । २०औं सशस्त्र प्रहरी दिवस २०७७ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरियो ।
उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७७’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ओमबहादुर सलामीलाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा गम्भिर प्रकृतिका रोगबाट ग्रस्त ८ जना बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु तथा उनीहरुका परिवारजनको उपचारका लागि जनही एक लाख रुपैयाँ दरले सहयोग रकम प्रदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अंगभंग भएका ५ जना राष्ट्रसेवकहरुलाई चारपाङ्ग्रे अपाङ्गमैत्री स्कुटरको साँचो प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरीका ७९ जना सन्ततीलाई १२ कक्षासम्म अध्ययन गरुञ्जेल २४ हजारका दरले प्रदान गरिदै आएको छात्रबृत्ति रकम समेत प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभरका सशस्त्र प्रहरी एकाईहरुमा कार्यरत अधिकृत, जुनियर अधिकृत, बिल्लादार, जवान तथा कार्यालय सहयोगीहरु मध्येबाट बर्षभरि विभिन्न जिम्मेवारीमा खटिएर उत्कृष्ट कार्य गर्ने ५७ जना राष्ट्रसेवकहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभयो ।
उहाँले सेवानिबृत्त भएका सशस्त्र प्रहरी परिचर सुवर्णध्वज ज्ञवालीलाई सेवाकालिन योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गर्नुका साथै सोही अवसरमा विभिन्न आर्थिक वर्षदखि बाँकी रहेका बेरुजु फछ्र्यौट गराउन तथा शुन्य बेरुजु कायम गराउन अहम भूमिका निर्वाह गर्ने २३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाललाई अनुकरणीय सहयोग पु¥याउनुहुने १६ जना विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत कदर पत्र प्रदान गरिएको छ ।
यसैगरी विभिन्न मितिमा अवकाश प्राप्त गर्नुभएका सेवा निवृत्त सशस्त्र प्रहरी अधिकृतहरुलाई समेत सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनहरुमा समेत उहाँहरुको सुझाव र सहकार्यको अपेक्षाकासाथ विदाई तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।
७० वर्ष नाघेका अवकाश प्राप्त सशस्त्र प्रहरी राष्ट्रसेकहरुलाई सोही अवसरमा जनही १२ हजार रुपैयाँका दरले निर्वाह भत्ता समेत प्रदान गएिको छ ।


केन्द्रिय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष उत्कृष्ट हुन सफल शिक्षालय, गण, गुल्म तथा बोर्डर आउट पोष्टलाई समेत रनिङ्ग शिल्ड प्रदान गरिएको छ ।
सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले अमर सशस्त्र प्रहरीहरुका परिवारजनलाई संगठनबाट उपलब्ध गराइएको अमर सशस्त्र प्रहरी परिचय पत्र द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाकी सचिव तुलसीकुमारी बस्नेतलाई एकमुष्ठ रुपमा हस्तान्तरण गर्नुभयो ।

????????????????????????????????????
235 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal