सशस्त्र प्रहरी दिवसः विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । २०औं सशस्त्र प्रहरी दिवस २०७७ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरियो ।
उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान–२०७७’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार ओमबहादुर सलामीलाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा गम्भिर प्रकृतिका रोगबाट ग्रस्त ८ जना बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु तथा उनीहरुका परिवारजनको उपचारका लागि जनही एक लाख रुपैयाँ दरले सहयोग रकम प्रदान गर्नुभयो ।
यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्तव्य पालनाको सिलसिलामा घाइते तथा अंगभंग भएका ५ जना राष्ट्रसेवकहरुलाई चारपाङ्ग्रे अपाङ्गमैत्री स्कुटरको साँचो प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरीका ७९ जना सन्ततीलाई १२ कक्षासम्म अध्ययन गरुञ्जेल २४ हजारका दरले प्रदान गरिदै आएको छात्रबृत्ति रकम समेत प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा देशभरका सशस्त्र प्रहरी एकाईहरुमा कार्यरत अधिकृत, जुनियर अधिकृत, बिल्लादार, जवान तथा कार्यालय सहयोगीहरु मध्येबाट बर्षभरि विभिन्न जिम्मेवारीमा खटिएर उत्कृष्ट कार्य गर्ने ५७ जना राष्ट्रसेवकहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नुभयो ।
उहाँले सेवानिबृत्त भएका सशस्त्र प्रहरी परिचर सुवर्णध्वज ज्ञवालीलाई सेवाकालिन योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसा पत्र प्रदान गर्नुका साथै सोही अवसरमा विभिन्न आर्थिक वर्षदखि बाँकी रहेका बेरुजु फछ्र्यौट गराउन तथा शुन्य बेरुजु कायम गराउन अहम भूमिका निर्वाह गर्ने २३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नुभयो ।
सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपाललाई अनुकरणीय सहयोग पु¥याउनुहुने १६ जना विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत कदर पत्र प्रदान गरिएको छ ।
यसैगरी विभिन्न मितिमा अवकाश प्राप्त गर्नुभएका सेवा निवृत्त सशस्त्र प्रहरी अधिकृतहरुलाई समेत सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनहरुमा समेत उहाँहरुको सुझाव र सहकार्यको अपेक्षाकासाथ विदाई तथा प्रशंसा पत्र प्रदान गरिएको छ ।
७० वर्ष नाघेका अवकाश प्राप्त सशस्त्र प्रहरी राष्ट्रसेकहरुलाई सोही अवसरमा जनही १२ हजार रुपैयाँका दरले निर्वाह भत्ता समेत प्रदान गएिको छ ।


केन्द्रिय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष उत्कृष्ट हुन सफल शिक्षालय, गण, गुल्म तथा बोर्डर आउट पोष्टलाई समेत रनिङ्ग शिल्ड प्रदान गरिएको छ ।
सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले अमर सशस्त्र प्रहरीहरुका परिवारजनलाई संगठनबाट उपलब्ध गराइएको अमर सशस्त्र प्रहरी परिचय पत्र द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाकी सचिव तुलसीकुमारी बस्नेतलाई एकमुष्ठ रुपमा हस्तान्तरण गर्नुभयो ।

????????????????????????????????????
184 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal