निगमको वाइडबडी जहाज १७ नेपालीको शव लिन आज राति मलेसिया जाँदै

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी जहाज मलेशियामा शव लिन आज बेलुकी ११ बजे उड्ने भएको छ । निगमको उक्त जहाज भोलि शनिबार ८ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले मलेसियामा रहेका ३७ मध्ये १७ शव ल्याउने जानकारी दिए । रोजगारका लागि मलेसिया गएका नेपालीहरु विभिन्न कारणले मृत्यु भएपछि उनीहरुको शव नेपाली दूतावासको समन्वयमा मलेसियामै राखिएको छ । सरकारले शव ल्याउन उचित बन्दोबस्ती नगर्दा लामो समयदेखि ती नेपालीहरुको शव परिवारले बुझ्न पाएका छैनन् ।
उनले निगमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा शव ल्याउन लागिएको प्रबन्ध निर्देशक पौडेलले बताए । खालि जहाज उडाएर मलेसिया पठाउन लागिएको हो । मलेसिया जाने जहाजले एकजना पनि यात्रुलाई बोक्ने छैन । कोरोनाकालमा मलेसिया जानेभन्दा पनि उताबाट यता आउनेको संख्या धेरै हुन्छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मलेसियादेखि काठमाडौंसम्म शव ल्याउँदाको खर्च रोजगारदाताले बोहोर्ने बताए । नेपाली दूतावासले खर्च बेहोर्न नसक्ने बेहोराको पत्राचार गरेमा बोर्डले उक्त खर्च बेहोर्ने पनि श्रेष्ठले बताए ।

281 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal