पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् ः मन्त्री अर्याल
काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीले शुभकामना तथा बधाई व्यक्त गर्नुभएको छ । आज (शुक्रबार) परिषद्को नेतृत्वको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री अर्यालले बधाई ज्ञापन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस ।’
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उहाँले तर अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’
आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उहाँले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ती काम गर्न आग्रह गर्दै उहाँले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो ।
पशुचिकित्साको क्षेत्रमा विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्ने कार्यमा ध्यान दिन समेत आग्रह गर्नुभयो । त्यस अवसरमा बोल्दै परिषद्को रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा.सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धीत शिक्षण संस्थाहरुलाई गुणस्तरिय बनाउनका निम्ती लागेको बताउनुभयो ।
माघ ३ गते भएको काउन्शिलको निर्वाचनबाट उपाध्यक्षमा डा.स्वयम प्रकाश श्रेष्ठ र डा.सुबिर सिंह, सदस्यहरुमा डा.नरेशप्रसाद जोशी, डा.सुजन राना, डा. श्रृजना मानन्धर, डा. मनोजकुमार शाही, डा.सुवास श्रेष्ठ निर्वाचित हुनुभएको थियो । काउन्शिलको निर्वाचन चार÷चार वर्षमा हुने गर्दछ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





