प्रधानमन्त्रीज्यूले मलाई प्रमोट गरेर आर्थिक सल्लाहकार बनाउनुभयो, म तपाईलाई हरेक किसिमको सहयोग गर्छुः दुगड

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीमा खरो उत्रिने र प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्ने विश्वास दिलाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै दुगडले यस्तो बताएका हुन् । उनले भने,‘मैले १३ महिना उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको रुपमा काम गरेको छु । यो मन्त्रालयमा काम गरेवापत मैले धेरै प्रशंसा पाएँ । यो महामारीको बेलामा मन्त्रालय र्याकिङमा नम्वर वानमा परेको सुन्न पाएँ । यो थाहा पाउँदा खुशी लाग्यो । हामीले एकदम ईमानदार भएर र पारदर्शी ढंगले काम गरेको हो । भीजन र कन्फिडेन्स भएको र विल पावर भएकोले राम्रो काम गरें । भीन्न फेस भएको व्यक्तिले राम्रो काम गर्न सकेको कुरा भयो । हाम्रो कामले जनतामा राहत भयो । निजी क्षेत्रको लागि पनि राम्रो प्रतिक्रिया हो । हाम्रो मन्त्रालय भनेको निजी क्षेत्रको प्यारेन्ट्स हो । हामीले काम गर्ने सिस्टम चेन्ज गर्यौं । दुई दिनमा काम गर्ने वातावरण बनायौं । बढिमा तीन दिनमा काम गरिदिनेगरि नयाँ प्रणालीले काम सुरु गर्यौं । नीति पनि त्यहीअनुसार बनायौं । सबै सचिव, सहसचिवले सहयोग गर्नुभयो ।’
क्लबका सभापति ऋषि धमलाको सभातिपत्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कोभिड–१९ को महामारीको समयमा कुनै वस्तुको अभाव हुन नदिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले प्याण्डेमिकको समयमा घर–घरमा खाद्यान्न पुर्यायौं । हामीले कालोबजारी हुन दिएनौं । राहत वितरणहरु पनि गर्यौं । हामी एक दिन पनि घरमा बसेनौं । रातदिन काम गर्यौं । प्रधानमन्त्रीज्यूले प्रमोट गरेर अहिले मलाई आँफैसँग राखनुभयो । मैले गरेको कामको प्रशंसा गर्नुभयो । पफर्मेन्स राम्रो भयो भनेर भन्नुभयो । अहिले जुन जिम्मेवारी दिनुभयो, मैले यसलाई गम्भीर चूनौतिको रुपमा लिएको छु ।’
सल्लाहकार दुगडले कोरोना महामारीले गर्दा अर्थतन्त्र जर्जर भएको उल्लेख गर्दै यसलाई सुचारू गर्नुपर्ने चूनौति रहेको सुनाए । उनले भने,‘अहिले राजश्व घटेको छ । बेरोजगारी बढेको छ । नयाँ लगानी आएको छैन् । लगानी गर्न मान्छेहरु डराईरहको छन् । प्रधानमन्त्रीज्यू समृद्ध नेपाल बनाउन लाग्नुभएको छ । म पनि उहाँलाई कसरी सहयोग पुर्याउन सक्छु भनेर लागेको छु । म पारदर्शी व्यक्ति हुँ ।’
उनले देशको समृद्धि निजी क्षेत्रको हातमा रहेको उल्लेख गर्दै निजी क्षेत्र समृद्ध हुनुपर्ने धारणा राखे । उनले भने,‘हामीले यसलाई विशेष प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्रको मनोबल गिर्न दिनुहुँदैन् । म पनि निजी क्षेत्रबाट आएको व्यक्ति हुँ । मलाई समस्या थाहा छ । राम्रो र सही काम गर्ने उद्योगी तथा व्यवसायीहरुाई अगाढि बढाउनुपर्छ । म आफ्नो भूमिकामा खरो उत्रिन्छु । म प्रधानमन्त्रीलाई पूरा सहयोग गर्नेछु । दक्ष जनशिक्तको अभाव हुन नदिई ठूला–ठूला परियोजना सम्पन्न गर्नुपर्छ । पुँजी त चाहिन्छ । पैसा खर्च हुनुपर्छ । पैसाको फ्लो बढ्छ । पुँजीको सर्कुलेशन हुनु बहुत आवश्यकत्ता छ ।’

247 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal