थप सुविधाहरूसहित आइएमई पेको नयाँ एप प्रयोगमा

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्नुहुनेछ । कम्पनीमा आवद्व कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई कसरी आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि निरन्तर कार्य गर्दै आइरहेको नतिजा स्वरूप आइएमई पे आजको यो अवस्थामा आइपुग्न सकेको हो । आजबाट प्रयोगयोग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने विश्वास गरिएको छ । अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ । कम्पनीले निम्न विशेषताहरू सहितको आइएमई पे वालेट आम सेवाग्राहीहरूको सहज डिजिटल सेवाका लागि प्रस्तुत गरेको छ ।
नयाँ र सुधारिएको डिजाइन
विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकूलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ । चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ । डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।
पैसा बढ्ने सुपर वालेट
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार (रू.१,०००÷–) नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।
पैसा पठाउने सेवा निशूल्क
नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ ।
पहिला पहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर÷गाउँबाट अर्को शहर÷गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् । आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नुहुनेछ । प्रापक र प्रेषकले ‘ आइएमई पे ’ मोबाइल वालेट एप डाउनलोड गरिसक्नुभएको यदि छैन भने यो सेवाका लागि दुवैले पहिला उक्त एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू
आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवाशूल्क शुरू हुनेछ ।
आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।
एउटा ट्रान्जेक्सनको सेवाशूल्क पूर्णतः निशूल्क
आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ । यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ ।
यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
टपअपमा पाँच प्रतिशत क्यास ब्याक
डिजिटल भुक्तानीका लागि तपाइँहरुको मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शूल्क भुक्तानी सरल र सहज बन्दै आएको विदितै छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।
विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दूरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पे ले आफ्नो एपलाई समयानुकूल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीले लिएको छ ।
यी सवै सुविधाहरू आइएमई पे एप अध्यावधिक गरेमा उपलब्ध हुनेछन् । साविकका सेवाग्राहीहरूले गुगल प्ले स्टोर अथवा एप्पल स्टोरमा यो सेवा पाउन सक्नुहुनेछ ।

230 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal