देशलाई संकट परेको बेलामा कांग्रेस चाहिएकाले अब नेकपाले जित्छु भन्ने कल्पना नगरे हुन्छ – नेता रामप्रसाद न्यौपाने

२०७७ माघ ८ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका काठमाडौ वडा नम्बर ४ का सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार आज प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार पोखरेल भ्रष्ट भएकाले जिम्मेवार भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन् । पोखरेल वडा नम्बर ४ पनि समेटिएको काठमाडौं ५ बाट निर्वाचित भएका हुन् । विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताए । न्यौपानेले नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाए । उनले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे । नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै उनले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई समेत आग्रह गरे ।
आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै उनले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे । उनले कम्युनिष्टको यस्तै गतिविधि रहिरहने हो भने उ अब इतिहासमा सीमित हुने बताएका छन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटाले नेकपाले संविधानमाथि प्रहार गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताए । आफ्नै सांसद् धेरै भएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि घात गरेको उनको भनाई छ । काठमाडौं ५ को ९क० प्रदेशका सभापतिसमेत रहेका सापकोटाले हिजो केही ओला कि भनेर कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले निराश भएको टिप्पणी गरे । सापकोटाले कम्युनिष्टको सरकार इतिहासमै कलंकित र दुर्गन्धित भएको बताए । उनले सत्तामा पुगेर जनताको हित गर्छौं भन्ने कम्युनिष्टले आफ्नै मात्र हित गरेकाले उनीहरुको एजेण्डासमेत केही नभएको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइले जनताले बनाएको संविधानमाथि केपी शर्मा ओलीले लत्याएको आरोप लगाइन् ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal