तराइमा बढ्दो शीतलहर, जनजीवन थप कष्टकर

२०७७ माघ ४ गते, आईतवार

रौतहट । कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
आज बिहानैदेखि चलेको शीतलहर र कठ्याग्रिँदो जाडोले मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएको थियो । बाक्लो हुस्सुका कारण सवारीसाधनलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।
एक्कासी बाक्लो हुस्सु लागेपछि सवारीसाधन चलाउन चालकलाई समेत समस्या भएको छ । शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखिएको गौर अस्पतालका डा कृष्णा साहले जानकारी दिए ।
उनले कोरोना सङ्क्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरीयाका बिरामीको सङ्ख्या बढन सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन, तातो, झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरे ।
बाक्लो हुस्सुका कारण बिहान र रातको समयमा गौर, चन्द्रपुर, कलैया, वीरगञ्ज भित्रिने तथा बाहिरिने सवारीसाधनका चालक तथा यात्रुलाई समस्या भएको छ ।
बाक्लो हुस्सुका कारण बाटोसमेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बाँच्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकलाई आग्रह गरेको छ ।
साथै चिसोका कारण विद्यालय तथा कलेजको पठनपाठनसमेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणको कारण झण्डै आठ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोका कारण विद्यार्थीको सङ्ख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकले जनाएका छन् ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौँको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडानसमेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । कुहिरो लागेका कारण पटकपटक गरी बिहानका केही उडान ढिलो हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराका उपप्रबन्धक सुरेन्द्र सिंहले जानकारी दिए ।
जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको छ । सत्तरी वर्षभन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
जाडो बढेसँगै रौतहट, बारा, पर्साका ग्रामीण क्षेत्रमा चोक गल्लीमा आगो तथा घुर बालेर ताप्नेको सङ्ख्या बढ्दै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग नागरिक समाजका अध्यक्ष जगरनाथ केशरीले आग्रह गरे । रासस

283 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal