दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

२०७७ माघ ४ गते, आईतवार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विगत १० महिनासम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्।
काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद्यालय संचालनमा ल्याइएको छ।’
जनस्वास्थ्यविद डा. शेरबहादुर पुनले कोरोना भाइरस पूर्ण नियन्त्रणमा आएपछि मात्रै विद्यालय संचालन गर्ने भन्ने विषय संभव नभएको उल्लेख गर्दै भने, ‘पहिलो चरणका कोरोना संक्रमण केही नियन्त्रण भएको छ, यो सकारात्मक विषय हो। पूर्णरुपमा कोरोना नियन्त्रण हुन समय लाग्छ। तर जोखिम कायमै रहेको हुनाले विद्यालयले व्यवस्थापकीय पक्षमा विषेश ध्यान दिनुपर्छ।’
स–साना बालबालिकालाई पारिवारिक स्वास्थ्य थाहा नहुने भएकाले बच्चाहरुबाट धेरै पारिवारिक जोखिम हुने उनको भनाइ थियो।

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal