दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विगत १० महिनासम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्।
काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद्यालय संचालनमा ल्याइएको छ।’
जनस्वास्थ्यविद डा. शेरबहादुर पुनले कोरोना भाइरस पूर्ण नियन्त्रणमा आएपछि मात्रै विद्यालय संचालन गर्ने भन्ने विषय संभव नभएको उल्लेख गर्दै भने, ‘पहिलो चरणका कोरोना संक्रमण केही नियन्त्रण भएको छ, यो सकारात्मक विषय हो। पूर्णरुपमा कोरोना नियन्त्रण हुन समय लाग्छ। तर जोखिम कायमै रहेको हुनाले विद्यालयले व्यवस्थापकीय पक्षमा विषेश ध्यान दिनुपर्छ।’
स–साना बालबालिकालाई पारिवारिक स्वास्थ्य थाहा नहुने भएकाले बच्चाहरुबाट धेरै पारिवारिक जोखिम हुने उनको भनाइ थियो।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





