राजनीतिक जनपरामर्श सम्मेलन अबको विकल्प
काठमाडौं । पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने वक्ताहरुले बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अब त्यसको विकल्प जन–गणतन्त्र अत्यावश्यक भएकोले अन्तिम लडाइमा होमिनु पर्नेसमेतमा जोड दिएका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा नेकपा (मओवादी केन्द्र)ले ‘राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन विषयक’ परामर्श कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले ओलीका असंवैधानिक कदमहरुसंगै देशमा उनका गंभिर खालका नयाँ षड्यन्त्रहरु उजागर हुँदै गएको र त्यसको दीर्घकालिन समाधान जनगणतन्त्रको स्थापना भएको बताए । गजुरेलले संसद र राजसंस्थाको पुनस्थापना नेपाली जनताको नीम्ति घातक सिद्ध भइसकेको जिकिर गदै,“ओलीको ठाउँमा प्रचण्ड भन्छन् उनि कति फटाहा छन् नचिनेको होइन, देउवा झन् कति घातक छन् जसले जनयुद्धमा क्रान्तिकारीहरुका टाउकाको मूल्य तोके, राजसंस्था जसलाई फाल्न यतिका रगत बग्यो अनि अब भन्नुस् फेरी त्यता कसरी जानु” उनले प्रश्न गरे । २३ दलिय मोर्चाका संयोजक तथा देशभक्त जन–गणतान्त्रिक मोर्चाका अध्यक्षसमेत रहेका गजुरेलले माओवादी केन्द्रले ल्याएको ‘राजनीतिक जनपरामर्श सम्मेलन्’ अबको विकल्पका रुपमा सहि बताउँदै क्रान्तिकारीहरु एक भएर आन्दोलन् मार्फत देशलाई निकास दिनुपर्नेमा जोड दिए ।
गजुरेलले विभिन्न राष्ट्रघाती काम र एमसीसी पास गर्न नपाएको झोकमा केपी ओलीले संसद विघटन गरेको र त्यो लक्षण देखिन थालेको बताउँदै भने,“एकजना टोपबहादुर रायमाझी भन्ने मान्छे भोटेकुकुर जस्तै एमसीसीको पक्षमा भुक्न थालिसकेको छ, चुच्चे नक्सा लुकाउन थालेका छन् ।”

वरिष्ठ पत्रकार तथा बामपन्थि विश्लेषक नरेन्द्र जंग पीटरले अहिलेको नयाँ राजनीतिक घटनाक्रमसंगै देश निकै जटिल र गंभिर खालको संकटमा जानेप्रति चिन्ता व्यक्त गरे । पीटरले विगतमा आफूहरु सहभागी भएको जनयुद्धमा विद्रोही र राज्य पक्ष बीचमा मात्रै द्वन्द भएको तर त्यो भन्दापनि आज बहुकोणिय लडाई चल्ने खतरा रहेको बताए ।
पूर्व जर्नेल प्रेम सिं बस्नेतले आफू यस देशका कुनै पनि पक्षमा नरहेको भएपनि देशभक्तहरुको नीम्ति जहिले ओकालत गर्ने र आवश्यक परे सबै किसीमको साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । दशवर्षे जनयुद्धमा आफू श्री ५को सरकार तथा नेपाली सेनाको तर्फबाट लडेपनि त्यो समयमा आफूले विद्रोही पक्षबाट होस वा सत्ताको पक्षबाट जहिले पनि देशमा दीर्घकालिन समाधान र कानुनी राज्यको अपेक्षा गरे पनि त्यो पुरा हुन नसकेकोप्रति आक्रोश पोखे । लामो संघर्षपछि पनि पुनः अस्थिरता तर्फ देश मोडिनु दुर्भाग्य भएको बताउदै नेताहरुलाई प्रश्न गरे,“केपीओली कम्रेड, प्रचण्ड कम्रेड खोइत तपाईहरुसँग कम्रेडी पना ? तपाईहरु हाम्रा देशभक्त राष्ट्र निर्माता पृथ्वी नारायणहरुलाई गाली गर्नुहुन्छ, तपाईहरुले देश बिगार्न बाहेक के गर्नु भयो ?”
प्राध्यापक आनन्द आदित्यले गौरवशाली इतिहास भएको नेपालमा जहिलेपनि धोकेबाज, चाकडी–चाप्लुसे र अकर्मन्य नेताहरुको झूण्ड भएकोले देश र जनताले स्थायी शान्ति र निकास नपाएको बताउँदै भने,“भिजन भएका र देशभक्तहरु भन्दा पनि डनहरुको जमात छ अनि यिनीहरुबाट हामीले के आश गर्नु ।”
आयोजक पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले देशमा अबका दिनहरुमा स्थायी राजनीतिक निकासका नीम्ति आफूहरुले ‘राष्ट्रिय राजनीतिक परामर्श सम्मेलन मार्फत सर्बपक्षिय–सर्बदलिय राष्ट्रिय सरकार’ गठन गर्ने विकल्प अघि सारेको बताए । अध्यक्ष बुढाथोकीले आफूहरुले ल्याएको राजनीतिक कार्यदिशा उचित भए नभएको छलफलको विषयका रुपमा ल्याएको र कसैले त्यो भन्दा पनि उत्तम विकल्प ल्याए त्यसलाई सहयोग गर्न तयार रहेको बताए । उनले ओलीको कदमको विषयमा बोल्दै,राजतन्त्रको अन्त्य ज्ञानेन्द्रबाटै भएको र त्यसैगरी संसदिय व्यवस्थाको विकल्प संसदवादीहरुबाटै सुरु भएको धारणा राखे । आफूहरु केवल गाली गलौज र आरोप प्रत्यारोपमा मात्रै नभएर देशमा विकल्पको खोजिका नीम्ति इमान्दार भएर लागिरहेको पनि प्रष्ट्याए ।
कार्यक्रममा मोओवादी केन्द्रका वरिष्ठ नेता तिलक थापाले कार्यपत्रमाथि प्रकाश पार्दै, अहिलेको राजनीतिक अकर्मन्यतालाई आफूहरुले ल्याएको विकल्पले राजनीतिक निकास दिने बताए । पार्टी सचिव तथा तीन नम्बर प्रदेश इन्चार्ज मेघबहादुर खत्री, पार्टी सचिव तथा अन्तराष्ट्रिय विभाग प्रमुख बलराम पुनले पनि आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमा प्रमुख अतिथी सिपी गजुरेल र अध्यक्ष बुढाथोकीले मोटरसाइकलमा उल्टो बसेर चलाउने विश्व रेकर्ड राख्ने चित्रकुुमार कार्की र सैपाल हिमालमा भिडियो सुटिङ गरेर विश्व रेकर्ड बनाउने अर्जुन कार्कीलाई सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष बुढाथोकीले गरेका थिए भने सञ्चालन पार्टी सचिव अरुण घिसिङले गरेका थिए ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





