प्रचण्डजस्तो इमान्दार नेता कोही छैनः माधव नेपाल

२०७७ माघ ३ गते, शनिबार

घोराही । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् ।
शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अवस्विास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको पनि आरोप लगाए ।
प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको र प्रचण्ड जस्तो इमान्दार कोही नरहेको उनको भनाइ छ । ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले दाबी गरे ।
ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए ।
पत्रकार सम्मेलनमा ओलिप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका नेता नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal