देउवा ओलीजस्तै व्यक्तिगत स्वार्थमा लिप्त हुनुभयोः शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्त्तिगत स्वार्थमा लोभिनु भएको आरोप लगाएका छन् ।
शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा नेता कोइरालाले भने– सुरुदेखि नै खेल्नुपर्ने जति भुमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो ।’
उनले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’
डा. कोइरालाले प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए ।
नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताए । तर अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन नहुनेमा उनको जाड थियो ।
नेता कोइरालाले भने, ‘मुख्य प्रतिपक्षी दल भएर हामीले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौँ । तर अब सबै एक भएर अगाडि बढनैपर्छ ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





