मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा

२०७७ माघ २ गते, शुक्रबार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ ।
ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट÷सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहक महानुभावहरुले २४ सै घण्टा लिन सक्नेछन् ।
कसरी लिने यो सेवा ?
ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट÷सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् ।
डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ ।
ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु ल्याइसकेको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal