सात कम्युनिष्ट पार्टीबीच एकता
काठमाडौं । सात कम्युनिष्ट पार्टीबीचएकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्तपत्रकार सम्मेलन गरी एकता घोषणा गरेकाहुन् ।
केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।
कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए । उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियानचलेको भन्दै धुव्रिकरणले गतिलिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने बताए । उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँसम्म आएका छौ ।’
कार्यक्रममा वामपन्थी नेता दलविर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे ।
पुनर्गठित ने.क.पा (माओवादी केन्द)का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नितिबाट देशकाकुनै पनिनागरिकले कामखोज्न विश्वकाकुनै पनि स्थानमा जान नपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेनाएकता पार्टी र थारु राष्ट्रिय मुक्तिमोर्चाबीच पार्टीगत एकता भएको हो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचार धारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





