कांग्रेसको आन्दोलनलाई सफल बनाउन तरुण दलको निर्देशन

२०७७ पुष २० गते, सोमबार

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको दोस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिता जनाउन नेपाल तरुण दलले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान सबै जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गरेर आन्दोलनमा सक्रिय सहभागिताका लागि निर्देशन दिएका हुन् । उनले पार्टीसँग समन्वय गरेर प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेस पार्टीले तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरू गर्ने भएको छ’, परिपत्रमा भनिएको छ ।
‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टीसंग समन्वय गरी जिल्ला समितिअन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरूलाई सक्रिय रुपले सहभागी गर्नरगराउन नेपाल तरुण दल केन्द्रीय समिति यसै परिपत्रमार्फत निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।
कांग्रेसले पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

372 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal