प्रधानमन्त्रीज्यू देश कमेडीले चल्दैनः रामकुमारी झाँक्री
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । उनले प्रधानमन्त्री ओली उखान टुक्का र कमेडीमै रमाउने गरेको भन्दै देश कमेडीले होइन, सोचले बन्ने बताइन् ।
सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो ।
बाँचुन्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद विघटन भएको बताउँदै उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ ।’
केपी ओली र विद्या भण्डारीको सर्वसत्तावादविरुद्ध अगाडि बढ्न आह्वान गर्दै उनले भनिन्, ‘केपी कमरेड तपाइँको राजनीति रसातलमा पुग्यो । तपाइँसँग सेना, प्रहरी सबै छन् तर तपाइँ कानुन मान्नु हुन्न । हामी मान्छौँ । सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई । राजालाई त लखेट्यौँ, संसद पुनस्र्थापना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ ।’
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





