विचाराधीन मुद्दामा कांग्रेसले आन्दोलन गर्दैनः सभापति देउवा

२०७७ पुष १६ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्ने पर्ने गरी कांग्रेसले आन्दोलन नगर्ने बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनको नाममा अदालतलाई धम्क्याएर वा तर्साएर प्रभावित पार्न नहुने बताउनुभयो ।
“हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ, त्यसैले अदालतमा विचाराधीन मुद्दामा आन्दोनलको नाममा “यसो गर, उसो गर” भन्दै धम्क्याएर तर्साउने काम गर्दैनौँ,” सभापति देउवाले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसबारे बोल्दै सभापति देउवाले सिक्किमलाई भारतले विलय गरेपछि बिपी कोइराला नेपालको हालत चाहिँ के होला भन्दै डराएर राष्ट्रिय मेलमिलापको नीति लिएर आएको बताउनुभयो। सोही नीति कांग्रेसले अंगीकार गरेको उहाँको भनाइ थियो।

296 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal