जब्बर ‘झम्की’ आमा !
सर्लाही । “पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरु पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो ९गाउँलेलाई देखाउँदै०, यिनीहरु चोरी गर्न लागे, मलाइ बचाऊ‘ ।”
मेचीमहाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्मारी चिच्याउनुभयो । “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उहाँका लागि वचन बाण बन्यो । त्यसपछि उहाँ झनक्क रिसाएर लाठी आक्रमणमा उत्रनुभयो । उहाँ त्यति मात्रै बोलेर चुप लाग्नुभएन । फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लाग्नुभयो ।
पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उहाँले लाठी लिएर लखेट्नुभयो । आक्रमणको शिकार हुने डरले उहाँलाई हत्तपत्त कसैले समाउने आँट गरेनन् । साथमा छोराझैँ हुर्काएर पालेको कुकुर उहाँको सहारा बनेर उभिएको थियो । उहाँको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन । जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्यो ।
केहीबेरको गलफतीपछि उद्धार टोलीले उहाँलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बाहनमा राख्न उत्तिकै कठिन भयो । उहाँलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो ।
कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन । जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उहाँलाई बुधबार उद्धार गरिएको थियो । डोरीको एक छेउ उहाँको कम्मरमा र अर्को छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो । छिमेकीका अनुसार उहाँले त्यो कुकुर बच्चैदेखि पाल्नुभएको हो । छेउको अर्को बोरामा चार वटा कुकुरका छाउरासमेत थियो । उहाँको कम्मरमा सम्पत्ति राखनधरनको पोको खुबै संरक्षण गरेर राख्नुभएको थियो ।
पोको छोयो की आक्रमणमा उत्रनुहुन्थ्यो । पछि पोको खोल्दा एक हजार ६०० नगद फेला परेको थियो । छिमेकी गङ्गा बस्नेत कसैले नयाँ कपडा दिँदा उहाँले सबै अगेनामा लगेर डढाउने गरेको सुनाउनुहुन्छ । उहाँका अनुसार परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि सडकमा आउनुभयो ।
उहाँमा यसरी मनोरोग लागेको झण्डै दुई वर्ष भयो । सुधारको कयौँ प्रयास सफल नभएको बताइएको छ । उहाँलाई छिमेकीले नाम दिएका छन् ‘झम्की’ । झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उहाँलाई झम्की भनिएको हो । बस्नेत भन्नुहुन्छ, “तपाइँहरुले उद्धार गर्नुभयो, हामी निक्कै खुशी छौँ, अब यो बाटोमा बिजोग त देख्नु पर्दैन, पुण्य काम भएको छ ।”
मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उहाँलाई उद्धारको प्रयास भएको थियो तर आक्रमण गर्न थालेपछि एक दुई जनाले नसकेर छाडिएको थियो । बुधबार नै अलि पर बजारमा भेटिएका बुद्धिमान वाइबालाई समेत उद्धार गरियो । परिवारमा कोही नभएपछि मागेर खान थालेको बताउने वुद्धिमानलाई पनि जान्न भन्दाभन्दै जबर्जस्ती उठाउनु परेको थियो ।
अपाङ्ग बुद्धिमान सडक मै मागेर बस्ने भनेर अड्डी कस्नु भएको थियो तर बेसहाराको खोजीखोजी उद्धार गर्न थालेको आश्रमले उहाँलाई सडकमा बस्न दिएन । बुधबार यसरी सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई उठाएर यहाँ हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ । उद्धारका क्रममा ३२ वर्षसम्म पिपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिए ।
उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्राङ्गणमा पुर्याएर नुहाइधुवाई र सरसफाई गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ ।नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले महत्वपूर्ण अभियानमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिट्टै आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताउनुभयो । उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् ।
उहाँहरु महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएका व्यक्ति हुन् । शुरुआती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठीदान समेत उठाएको आश्रमले जनाएको छ ।
“कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ”, पौडेलले थप्नुभयो । पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहने जिल्ला बाहिरका धेरै रहेका छन् । अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उहाँले बताउनुभयो । नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाएको छ । एक हप्ताको अन्तरालमा सडकमा रहेका ३०० भन्दा बढीको उद्धार भइसकेको छ । उक्त अभिायन आज वीरगञ्ज र आसपासमा चल्दै छ । (रासस)
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





