परिवार दलले रचनात्मक भूमिका खेल्ने

२०७७ पुष ८ गते, बुधबार

काठमाण्डौ । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्बपक्षीय छलफलमा जुटन परिवार दलले आग्रह गरेको छ । नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य काठमाडौँमा उपलब्ध केन्द्रिय सदस्यहरु तथा सल्लाहाकारहरुको बैठकले यस्तो निर्णय गरेको छ ।
परिवार दलका अध्यक्ष एव पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकलेसत्तारुढ नेकपा तथा प्रतिपक्षी दलहरुलाई संयमित हुन आग्रह गर्दै राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर घनिभूत रुपमा सर्बपक्षीय छलफल तथा संवादद्वारानै समस्याको उचित समाधान खोज्नु पर्नेमा जोेड दिएको छ ।
बैठकले देशका राजनैतिक दलहरुबीच संवाद र सहकार्यको अभिबृद्धि गर्न नेपाल परिवार दलले आफ्नो भूमिका रचनात्मक रुपमा खेल्ने बताउँदै मुलुकले थप द्वन्द थेग्न नसक्ने भएकोले भबिष्यमा हुनसक्ने सम्भावित राजनैतिक अस्थिरताको आचलन गरि वर्तमानमानै विवेकपूर्ण र दुरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनैतिक दल तथा नेतृत्वलाई लाई आग्रह गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सहमति र सहकार्यको मार्गचित्र वाटनै नेपालको ठुला ठुला परिवर्तनहरु तथा संबिधान लेखन जस्तो ऐतिहाँसिक कार्य सम्भव भएका तथ्यहरु स्मरण गराउदै संविधानको कार्यन्वयन गर्न पनि यो बाहेक अर्को मार्गचित्र वाट सम्भब नहुने भएकोले आबस्यक परे राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत तयार रहन प्रधानमन्त्री तथा सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय गरेको दलका प्रवत्ता सन्तोष कुमार पौडेले बताएका छन् ।


कोभिड १९ को महामारीले शिथिल भयको नेपाली अर्थतन्त्र र महंगी, बेरोजगार र भ्रष्टाचारले आक्रान्त बनाएको बेला सत्तारुढ दल भित्रको शक्ति संघर्षले सृजित अन्योलताले सबैलाई थप चिन्तित बनाएको भन्दै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफारिशमा राष्ट्रपतिले प्रतिनिधी सभाको विघटन गरेपछि मुलुकको राजनीतिमा विभिन्न कोणवाट चर्को बहस सुरु भएको छ । संसद विघटनको पक्ष र बिपक्षमा देशभरी प्रदर्शन र बहसहरु भएका छन् । सत्तारुढ नेकपा भित्र दुइ अध्यक्षको नेतृत्वमा भिन्न भिन्नै बैठकहरु भएका छन् । नेपाल परिवार दलले यी विकसित घटनाक्रमलाई नजिक वाट नियाल्दै आएको छ ।
बैठकमा संसद विघटनको संबैधानिक तथा राजनैतिक पक्षहरुको बारेमा विभिन्न कोणवाट छलफल भयपनि यो मुद्धा सम्मानित सर्बोच्च अदालतमा विचाराधीन रहेकोले संसद् विघटनको उपयुक्त छिनोफानो अदालत वाटनै हुने र अदालतको फैशला परिवार दललाई स्वीकार्य हुने दलका महामन्त्री बिनोद डाँगीले बताए ।

387 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal