धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

काठमाडौ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए । गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । त्यतिबेला सर्वसम्मत नेतृत्व चयन भएको थियो । उनी अपांगता भएको समूहबाट उम्मेदवार भएका थिए । सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा पनि एक किसिमको बेग्लै तरंग ल्याउने बताएका छन् । ‘यो महाधिवेशनलाई निकै अर्थपर्ण रुपमा हेरिएको छ किनभनें अबको नयाँ कांग्रेसले रुपान्तरणको एजेण्डा बोक्ने छ’ उनले भने । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् । व्यवसायसमेत गर्दै आएका उनी भन्छन् .राजनीतिलाई हामीले सही ढंगले बुझ्नुपर्छ ।’

उनी यसअघि धादिङ कांग्रेसको कोषाध्यक्ष हुँदा गठन गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सन्जालको सह–संयोजकसमेत रहेका थिए । यो भूमिकामा हुँदा देशैभर संगठन र कार्यक्रम गरेर आफ्नो राम्रो पकड जमाएका कारण पनि उनी सबैमा परिचित छन् ।
कांग्रेसको यो महाधिवेशनमा पनि उनी अपांगता समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् । कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

20 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal