सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
काठमाडौ । CS Entertainment Nepal द्वारा आयोजित The charity Runway Vol.३ (२०२६) काठमाडौमा भव्य सम्पन्न सँगै उक्त समारोहका बिच कला सञ्चार तथा खेलकुदकर्मी करण तामाङ र सगरमाथा सफल आरोही नेपाल प्रहरी नायब निरीक्षक कुञ्जाङ छ्योपेल शेर्पालाई ‘राष्ट्रिय गौरव सम्मान २०८३’ ले सम्मान गरेको छ । विश्वकिर्तीमानी कलाकार तथा नायिका छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करण र कुञ्जाङ सहित ५ जनालाई उक्त सम्मान द्वारा सम्मान गरिएको हो ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको एसओएस चिल्ड्रेन्स भिलेज परिसरमा आयोजित कार्यक्रममा २० जना फरक क्षमता भएका प्रतिभाले र्याम्प वाक तथा विभिन्न मञ्चीय प्रतिभा प्रस्तुत गरेका थिए । ‘डिसेबिलिटी इज नट इनएबिलिटी’ भन्ने सन्देसहिशको कार्यक्रममा सहभागीले आफूलाई फरक सम्भावना र प्रतिभाका रुपमा उभ्याएका थिए ।
¥याम्प वाकमा लक्ष्मी सेन्चुरी, अस्मिता राई, दमाया बुढामगर, रोशनी थापा, शारदा शर्मा, रेनु मोक्तान, जुना शाही, झरना घिमिरे, सुशीला शाही, विरू ढुंगाना, सान्नानी श्रेष्ठ, अर्जुन दोङ, सविन थापा, दीपक तामाङ, खड्क रोकाया, तिलकराम थारू, अकलबहादुर तामाङ, राजदेव यादव, कर्मा शेर्पा र विसु पुकार श्रेष्ठ सहभागी थिए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम् वडा नंरु ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले फरक क्षमता भएका व्यक्तिलाई अवसर, सम्मान र सामाजिक सहभागिताको वातावरण निर्माण गर्नु समाज, समुदाय र स्थानीय सरकार सबैको साझा जिम्मेवारी भएको बताए ।
सीएस इन्टरटेनमेन्ट नेपालकी सिइओ छिरिङ शेर्पाले ¥याम्प शोका लागि सहभागीलाई १४ दिनको प्रशिक्षण दिइएको बताइन् । ‘फरक क्षमता भएकाले अवसर, प्रोत्साहन र विश्वास पाए आफ्नो प्रतिभा, क्षमता र आत्मविश्वासलाई समाजसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश दिन कार्यक्रम गरेका हौं;, उनले भनिन् ।
¥याम्प शोका लागि कोरियोग्राफर टीना राईले सहभागीहरूको क्षमता, आवश्यकता र शारीरिक अवस्थालाई ध्यानमा राख्दै ¥याम्प वाक, प्रस्तुति शैली, आत्मविश्वास तथा मञ्चीय प्रस्तुति सम्बन्धी प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सदस्यहरू दुर्गा राना मगर -लक्ष्मी), कमला नेपाली, श्रीबहादुर योगी तथा धर्म थिङ लामा, नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल निर्देशक डा. मुक्ति तिमिल्सिनालगायतको उपस्थिति थियो ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





