एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
दिपेन्द्र सुवेदी
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१, अनैकोटमा अवस्थित अनैकोट भ्यू टावर पुगेर हेर्दा देखिने लोभलाग्दो प्राकृतिक दृश्यले जो–कोहीको मन मोहिनी बनाउँछ।
पाँचखाल बजार–तामाघाटबाट करिब ९–१० किलोमिटरको दूरीमा रहेको यस भ्यू टावरबाट चारैतिर नियाल्दा आँखैअगाडि फैलिएका हरियालीले भरिएका सुन्दर पहाड, टाढासम्म देखिने मनोरम बस्तीहरू र नजिकै देखिने मनमोहक हिमशृङ्खलाले यहाँको सौन्दर्यलाई झनै आकर्षक बनाएको छ।
शान्त वातावरणमा उभिएर प्रकृतिको अनुपम दृश्य नियाल्दा दिनभरको थकानसमेत भुलिन्छ। बिहानको शीतल वातावरणदेखि साँझपखको मनमोहक दृश्यसम्म यहाँको प्राकृतिक सौन्दर्यले जो–कोहीलाई लोभ्याउने गर्छ।
प्रकृतिसँग रमाउन, परिवार तथा साथीभाइसँग केही रमाइलो समय बिताउन, सुन्दर दृश्यहरू नियाल्न र आफ्ना यादगार क्षणहरू क्यामेरामा कैद गर्न चाहनेहरूका लागि अनैकोट भ्यू टावर एउटा आकर्षक गन्तव्य बन्न सक्छ।
यस भ्यू टावरको पछाडिको जङ्गलमा वसन्त ऋतुको आगमनसँगै वन ढाकिने गरी फुलेका लालीगुँरासले जो कोहीको पनि मन लोभ्याउने भ्यू टावर निर्माणका अध्यक्ष अष्टमान तामाङको भनाइ छ । यसैगरी कुलमान तामाङले गर्मी मौसममा उक्त ठाउँमा शीलत हावा, हरियाली मौसम, स्वच्छ वातावरण चल्ने हुँदा गर्मी छल्नका लागि पनि यो ठाउँ अत्यन्तै उपयोगी हुने बताए । यी विशेषता भएका भ्यूटार समयमा सबैले घुम्नै पर्ने गन्तव्य सावित हुँदै गएका छन् । भ्यूटारका साथसाथै वनभोजस्थल पनि भएकाले घुम्न र बाहिरी वातावरणमा नौलो दृश्य हेर्नका लागि पनि उक्त ठाउँ उपयोगी सावित हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । उक्त भ्यूटार स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयको सहयोगमा २०७० सालमा सम्पन्न भएको छ । अनैकोट भ्यूटार पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट मोटरबाटो प्रयोग गरी एक घन्टामा सजिलै पुग्न सकिन्छ । यस भ्यू टावरमा पुग्न यातायातको अत्यन्तै सुविधा छ । यी विशेषता भएको अनैकोट भ्यूटारमा जसरी पनि एकपटक पुग्नुपर्ने ठाउँका रुपमा विकास हुँदै गइरहेको छ ।
काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट समेत सहज रूपमा पुग्न सकिने भएकाले फुर्सदको समयमा एकपटक घुम्न जाने योजना बनाउन सकिन्छ। यहाँ पुगेपछि देखिने हरियालीले भरिएका पहाड, सुन्दर बस्ती र नजिकै देखिने हिमाली दृश्यले तपाईंको यात्रालाई अझ विशेष र अविस्मरणीय बनाउनेछ।
प्रकृतिको सुन्दरता नजिकबाट नियाल्न चाहनुहुन्छ भने, एकपटक अनैकोट भ्यू टावर पुगेर यहाँको मनमोहक दृश्य आफैं अनुभव गर्न आग्रह गर्दछु ।
ताजा
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा
२०८३ आश्विन १० गते, शनिबार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
२०८३ आश्विन १० गते, शनिबार
एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर
२०८३ आश्विन १० गते, शनिबार
कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध
२०८३ आश्विन ९ गते, शुक्रबार
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ
२०८३ आश्विन ९ गते, शुक्रबार
प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने
२०८३ आश्विन ९ गते, शुक्रबार
डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना
२०८३ आश्विन ८ गते, बिहीबार
आजदेखि देशभर मुसलधारे वर्षा
२०८३ आश्विन ८ गते, बिहीबार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





