दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

२०७७ पुष ७ गते, मंगलवार

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ५३ औं शाखा दाङको तुलसीपुरमा सञ्चालनमा आएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार उद्घाटन गर्नु भयो ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेलले सहकारी बैंकसंग समन्वय गरी काम गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाले बैंकसंगको सहकार्यमा पालिकामा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न, बैंकको शेयर खरिद गर्न, सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निवारणमा योगदान गर्न सहकार्यका लागि आव्हान गर्नु भएको छ ।
सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको भन्दै वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो ।
कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता, बैंकका तालिम विभाग अधिकृत नारायण वेलवासेको स्वागत र भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । शाखा उद्घाटनकै दिन ८ करोड भन्दा बढी निक्षेप संकलन भएको शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश वचत तथा ऋण सहकारी संघका सचिव रुप बहादुर खत्री, जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष शुक्रराज भण्डारी, जिल्ला सहकारी संघका संस्थापक अध्यक्ष भरत बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले सबै सहकारीहरुलाई राष्ट्रिय सहकारी बैंक संग कारोबार गर्न आव्हान गर्नु भएको थियो ।
कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता, सञ्चालक माधवलाल देवकोटाको स्वागत र बैंकका तालिम विभागका अधिकृत नारायण बेलवासेको सञ्चालनमा सम्पन्न भएको थियो ।
४४ वटा शाखामार्फत सदस्य संस्थाहरुलाई सेवा दिदै आएको सहकारी बैंकले नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि थप शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । २४ मध्ये १० वटा शाखा सञ्चालनमा आइसकेका र थप १४ वटा शाखा सञ्चालन गरी पुस मसान्त ६८ वटा शाखामार्फत सेवा दिइने बैंकले जनाएको छ । सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् । बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघरसंस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघरसस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करोड निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal