मैत्रीयको १३औं साधारणसभा सम्पन्न

२०७७ पुष ७ गते, मंगलवार

काठमाडौं । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३आंैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरको बालकोटमा सम्पन्न सभा भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालके प्रमुख आतित्थ्यमा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवालले सरकारीहरू सरकारको नीति–नियमअनुसार चली आवश्यक वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने कुरामा जोड दिए । उनले पछिल्लो समय सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पु¥याएको प्रष्ट्याए । मैत्रीय सहकारीका अध्यक्ष एवं सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै गरिवी न्युनीकरण गर्दै समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।


संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको बताए । त्यस्तै, सहकारी संस्थाको आ.व. ०७६÷७७ को आर्थिक प्रतिवेदन र ०७७÷७८ को कार्ययोजना पेश गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारीले अझै सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने बताए । सहकारीका उपाध्यक्ष कुवेर श्रेष्ठद्वारा स्वागत मन्तव्य दिइएकोे भने कायैक्रम संचालन राजेन्द्र पराजुलीले संचालन गरेका थिए । सभामा समाजसेवी तथा सहकारीका सल्लाहकार उद्धव सिलवाल, बालकोट सहकारी संस्थाका प्रतिनिधि जयराज पौडेल, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति चन्द्र श्रेष्ठ लगायतले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए । मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिव २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिनुभयो ।

296 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal