चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

काठमाडौं । आशिष तामाङ र प्रदीपजी धामीले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् ।

आन्भी फिल्म्सको प्रस्तुति रहने कबड्डी फिल्म्सको सहयकार्य रहने चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिषरमा शुभमुहूर्त गरिएको हो ।

यो चलचित्रलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्ने भएका छन् । चलचित्र ‘बखत्ते’ मा उनैको लेखन रहेको छ । चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर छन् । यस्तै, यस सिनेमामा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ ।

“मैले लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु । यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ,” निर्देशक सुब्बाले भने, “इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु । आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ ।” सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो । आशिषएच तामाङ र प्रदीपजी धामी निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता युवराज काफ्ले छन् । सह–निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन् । साउन्ड डिजाइन उत्तम न्यौपानेको रहनेछ । चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन् । हेड अफ प्रोडक्सनमा दिलीप पन्त छन् । प्रोडक्सन म्यानेजरमा रबिन बखरेल रहेका छन् ।

चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ । गीत युवराज काफ्ले र दानबहादुर कार्कीको रहनेछ । मेकअप तथा हेयरः स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)को रहनेछ । पोस्टर/पब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) छन् ।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको सिनेमाको वितरण काठमाडौंमा एप्पल इन्टरटेनमेन्टले गर्नेछ भने काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ ।

8 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal