‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
काठमाडौं । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामग्री नेपाली उपभोक्तामाझ उपलब्ध गराउने उद्देश्यका साथ ‘ईयुमा डट कम’ले यही बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न उत्पादन नेपाली ग्राहकसम्म एउटै डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा पुर्याउने लक्ष्यसहित सेवा सुरु गर्न लागिएको हो । यस प्लेटफर्ममा प्रिमियम फेसन, फुटवेयर, कस्मेटिक्स, ब्युटी प्रोडक्ट्स, होम डेकोर तथा अन्य लाइफस्टाइलसँग सम्बन्धित सामग्री उपलब्ध हुने जनाइएको छ ।
ईयुमा डट कमले विशेषगरी चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट उत्पादन सोर्सिङ गरी नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । यसबाट ग्राहकले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय नयाँ डिजाइन, पछिल्ला ट्रेन्ड तथा गुणस्तरीय उत्पादन नेपालमै बसेर खोज्न र खरिद गर्न सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले उत्पादन छनोटदेखि सोर्सिङ र डेलिभरीसम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउँदै ग्राहकलाई भरपर्दो डिजिटल किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ । उत्पादन छनोटका क्रममा गुणस्तर, डिजाइन तथा ग्राहकको मागलाई प्राथमिकतामा राखिने कम्पनीको भनाइ छ ।
विशेषगरी प्रिमियम लाइफस्टाइल तथा आधुनिक होम डेकोरमा रुचि राख्ने ग्राहकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय ट्रेन्डअनुसारका उत्पादन नेपाली बजारमै उपलब्ध गराउने योजना कम्पनीले अघि सारेको छ ।
कम्पनीका अनुसार प्लेटफर्मको प्रमुख विशेषता भनेको विभिन्न अन्तर्राष्ट्रिय बजारमा छुट्टाछुट्टै खोजी गर्नुपर्ने झन्झट हटाउँदै चीन, हङकङ, जापान तथा दक्षिण कोरियाका विभिन्न श्रेणीका उत्पादन एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउनु हो ।
आगामी दिनमा ग्राहकको माग तथा बजारको प्रवृत्तिअनुसार थप नयाँ उत्पादन तथा विभिन्न श्रेणीका सामग्री समावेश गर्दै जाने योजना पनि कम्पनीले जनाएको छ । कम्पनीले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम उत्पादन सहज रूपमा उपलब्ध गराउँदै नयाँ डिजिटल शपिङ अनुभव प्रदान गर्ने लक्ष्य रहेको जनाएको छ ।
उपलब्ध उत्पादन हेर्न तथा खरिद गर्न इच्छुक ग्राहकले कम्पनीको वेबसाइट www.yiwuma.com मार्फत सेवा लिन सक्नेछन् ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





