हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

काठमाडौं । चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए ।

अग्रिम बुकिङबाटै शो हाउसफूल भएपछि डोर सेलमा टिकट दर्शकले पाएनन् । हलमै गएर टिकट काटेर ‘गौँथली’ हेर्न पुगेका दर्शक निराश भएर फर्किन बाध्य भए । सबै हलका अधिकांश शो हाउसफूल हुँदा एउटा हलमा टिकट नपाएका दर्शक अर्को हलमा गएर पनि सिनेमा हेर्न नपाएको वितकर करण श्रेष्ठ बताउँछन् ।

“आज सबैतिर ‘गौँथली’ हाउसफूल भयो । जति दर्शकले सिनेमा हेर्नु भयो त्यति नै संख्यामा त दर्शक टिकट नपाएर फर्किनु भयो । हाम्रो सिनेमाको ओभरफ्लो दर्शक अरु सिनेमाले पाए,” वितरक श्रेष्ठ अगाडि भन्छन्, “प्रायः बलिउडका ठूला सिनेमा नेपाल आउँदा ओभरफ्लो दर्शक तान्न नेपाली सिनेमा लगाउँछन् भनिन्छ, तर यसपटक उल्टो भयो । ‘गौँथली’ हेर्न टिकट नपाएका दर्शक अरु सिनेमा हेर्न गएको पाइयो ।”

निर्देशक डा. कपिल रिजाल आइतबार अधिकांश शो टिकट फिलिङ फास्टमा गएको बताउँछन् । दर्शक टिकट नपाएर फर्किएको उनको गुनासो छ । “हाम्रो चलचित्र प्रायः हलमा डोर सेल टिकट बिक्री हुने सिनेमा हो । तर, अग्रिम बुकिङमै टिकट नपाउँदा दर्शक निराश भएर फर्किएको देखियो,” निर्देशक रिजाल भन्छन्, “हामी हाम्रा दर्शकलाई क्षमा माग्दै पुनः सहज समय र स्थानमा सिनेमा हेर्न अपिल गर्छौं ।”

अधिकांश हलमा एउटा पनि टिकट बाँकी नरही हाउस भएर सिनेमा चलेको उनको भनाइ छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ । प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख  ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

26 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal