हलमा छैन ‘गौँथली’को टिकट
काठमाडौं । चलचित्र ‘गौँथली’को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । आइतबार दिउँसोका शो बिहानै र अबेर साँझका शो दिउँसो चाँडै हाउसफूल भए ।
अग्रिम बुकिङबाटै शो हाउसफूल भएपछि डोर सेलमा टिकट दर्शकले पाएनन् । हलमै गएर टिकट काटेर ‘गौँथली’ हेर्न पुगेका दर्शक निराश भएर फर्किन बाध्य भए । सबै हलका अधिकांश शो हाउसफूल हुँदा एउटा हलमा टिकट नपाएका दर्शक अर्को हलमा गएर पनि सिनेमा हेर्न नपाएको वितकर करण श्रेष्ठ बताउँछन् ।
“आज सबैतिर ‘गौँथली’ हाउसफूल भयो । जति दर्शकले सिनेमा हेर्नु भयो त्यति नै संख्यामा त दर्शक टिकट नपाएर फर्किनु भयो । हाम्रो सिनेमाको ओभरफ्लो दर्शक अरु सिनेमाले पाए,” वितरक श्रेष्ठ अगाडि भन्छन्, “प्रायः बलिउडका ठूला सिनेमा नेपाल आउँदा ओभरफ्लो दर्शक तान्न नेपाली सिनेमा लगाउँछन् भनिन्छ, तर यसपटक उल्टो भयो । ‘गौँथली’ हेर्न टिकट नपाएका दर्शक अरु सिनेमा हेर्न गएको पाइयो ।”
निर्देशक डा. कपिल रिजाल आइतबार अधिकांश शो टिकट फिलिङ फास्टमा गएको बताउँछन् । दर्शक टिकट नपाएर फर्किएको उनको गुनासो छ । “हाम्रो चलचित्र प्रायः हलमा डोर सेल टिकट बिक्री हुने सिनेमा हो । तर, अग्रिम बुकिङमै टिकट नपाउँदा दर्शक निराश भएर फर्किएको देखियो,” निर्देशक रिजाल भन्छन्, “हामी हाम्रा दर्शकलाई क्षमा माग्दै पुनः सहज समय र स्थानमा सिनेमा हेर्न अपिल गर्छौं ।”
अधिकांश हलमा एउटा पनि टिकट बाँकी नरही हाउस भएर सिनेमा चलेको उनको भनाइ छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आज पनि उच्च अकुपेन्सीमा चलेको छ । प्रदर्शनको तेस्रो आइतबार (हिजो) सम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस चलचित्रका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।
यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये सबैभन्दा धेरै कमाउने सिनेमा ‘गौंथली’ बनेको छ । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





