सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

राजेन्द्र न्यौपाने
गोरखा । सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित हुनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष रहेका गुरुङलाई राष्ट्रिय विभुति अमरसिँह थापाको २१० औँ स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
नेपाल एकीकरणको क्रममा महत्वपूर्ण योगदान दिएका इतिहासका पानामा सिमित रहेका बडाकाजी अमरसिँह थापाको इतिहासको सोधखोज गरी उनको पहिचानलाई प्रचार गर्नका लागि राज्यका तर्फबाट सहयोग पुर्याएको भन्दै राष्ट्रिय विभुति अमरसिँह थापा प्रतिष्ठान, काठमाण्डौले त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकालीमा शनिबार सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।
देशभक्ति, वीरता, त्याग र राष्ट्र निर्माण प्रति वडाकाजी अमरसिँह थापाको महत्वपूर्ण योगदान रहेको छ । अमरसिँह थापा गोरखाको सिरानचोकमा जन्मेका सँस्कृति एवँ इतिहासविज्ञ जगमानसिँ गुरुङले जानकारी दिनुभयो ।
अमरसिँह थापाको जन्म स्थल सिरानचोकमा यस अघि इतिहासविद् द्वय दिनेशराज पन्त र जगमानसिँ गुरुङले स्थलगत अवलोकन समेत गरेका थिए ।
को हुन अमरसिँह थापा ?
बडाकाजी अमरसिंह थापा -वि.सं. १८१६–१८७३) नेपाल एकीकरण अभियानका प्रमुख सैन्य नायक तथा कुशल रणनीतिकार थिए । उनी नेपालको पश्चिमी क्षेत्रको एकीकरण तथा राज्यको सीमाको विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने सेनापतिका रूपमा परिचित छन् । उनको नेतृत्व, वीरता र राष्ट्रप्रतिको समर्पणका कारण उनी नेपाली इतिहासका महान् राष्ट्रिय विभूतिमध्ये एक मानिन्छन् ।
पृथ्वीनारायण शाहपछि बहादुर शाहको संरक्षकत्वकालमा सुरु भएको एकीकरण अभियानमा अमरसिंह थापाले पश्चिम नेपालतर्फ नेतृत्व गरेका थिए । उनले पाल्पा, कुमाउँ, गढवाल लगायतका क्षेत्रमा नेपाली सेनाको नेतृत्व गर्दै राज्य विस्तारमा महत्वपूर्ण सफलता हासिल गरेका थिए ।
अमरसिंह थापा उत्कृष्ट सैन्य योजनाकार थिए । योजना निर्माण, पहाडी भूगोलको प्रभावकारी उपयोग तथा सीमित स्रोतसाधनका बीच युद्ध सञ्चालन गर्ने उनको क्षमता उल्लेखनीय थियो । उनले सैनिकहरूको मनोबल उच्च राख्दै कठिन परिस्थितिमा पनि सफल नेतृत्व प्रदान गरे ।
पश्चिमी नेपालको सीमाको विस्तार
उनको नेतृत्वमा नेपाली राज्य पश्चिमतर्फ विस्तार हुँदै सतलज नदीसम्म पुगेको थियो । यसले नेपालको भौगोलिक क्षेत्रफल र राजनीतिक प्रभावलाई उल्लेखनीय रूपमा बढाएको थियो । वि.सं. १८७१–१८७२ -सन् १८१४–१८१६) को नेपाल–अङ्ग्रेज युद्धमा अमरसिंह थापाले पश्चिम मोर्चाको नेतृत्व गरे । देउथल, मलौं र आसपासका क्षेत्रमा उनले अङ्ग्रेज सेनासँग साहसपूर्वक प्रतिरोध गरे । स्रोतसाधनको अभाव हुँदाहुँदै पनि उनले नेपाली सेनाको नेतृत्व गर्दै लामो समयसम्म अङ्ग्रेज सेनालाई चुनौती दिए ।
युद्धका क्रममा उनले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको हितलाई प्राथमिकता दिए । अन्तिम समयसम्म आत्मसमर्पण नगरी राष्ट्रको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न प्रयासरत रहेका थिए । उनको राष्ट्रभक्ति आज पनि नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ । अमरसिँ थापा पश्चिम नेपालको एकीकरणका समय प्रमुख सेनापति हुन् । नेपालको सीमालाई सतलज नदीसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थापाले नेपाल–अङ्ग्रेज युद्धमा अदम्य साहस र कुशल नेतृत्व प्रदर्शन गरेका थिए । नेपाली सेनामा अनुशासन, रणनीति र राष्ट्रभक्तिको थापा स्थापित थिए । नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ताको संरक्षणमा उल्लेखनीय योगदान गरेका छन् ।
बडाकाजी अमरसिंह थापा नेपालको एकीकरण अभियानका अत्यन्त महत्वपूर्ण सेनापति थिए । उनले पश्चिम नेपालको एकीकरण, सीमाको विस्तार, सैन्य नेतृत्व तथा अङ्ग्रेजविरुद्धको प्रतिरोधमार्फत नेपालको इतिहासमा अमिट छाप छोडेका छन । पृथ्वीनारायण शाहले प्रारम्भ गरेको एकीकरण अभियानलाई पश्चिमतर्फ सफलतापूर्वक अघि बढाउने प्रमुख व्यक्तित्वका रूपमा उनको योगदान सधैं स्मरणीय रहेको छ ।
नेपालको पश्चिम क्षेत्रले सम्मान गर्दै आएको तर गोरखाको इतिहासमा भने इतिहासको पानामा मात्रै सिमित रहँदै आएका अमरसिँह थापाको जन्म स्थान गोरखाको सिरानचोक रहेको र सो क्षेत्रमा थापालाई स्थापित गराउन सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष राजु गुरुङको महत्वपूर्ण योगदान रहेको छ ।
अमरसिँह थापा गोरखा आउँदा जाँदा हिँड्ने बाटो क्षेत्र -अमरपुर) मा थापा र उनका पिता भिमसिँह थापाको शालिक निर्माण गरी पर्यटकिय क्षेत्रका विकासका लागि पूर्वाधार तयार गरिएका छन् । यस क्षेत्रका नागरिकहरुले जग्गा दान गरेर अमरसिँह थापाले गरेको योगदानको महत्वलाई थप सार्थकता बनाइदिएका छन् । नेपाल एकीकरणका क्रममा पृथ्वी नारायण शाह पछिको मुख्य योगदान रहेका उनै अमरसिँह थापाको जन्मथलोलाई अमरसिँह थापाको नामबाट समेत चिनारी गराउने अभियानको थालनी गरेका पूर्व अध्यक्ष गुरुङलाई प्रतिष्ठानले सम्मान गरेको हो । गुरुङको अभियानलाई गोरखाली नागरिकहरुले उच्च महत्व दिँदै उक्त कामको प्रशँसा गरेका छन् । अमरसिँह थापाको शालिक तनहुँ हुँदै गोरखा प्रवेश गर्ने गोरखा गेटमा तत्काल राख्न पहल गर्नुपर्ने इतिहासबारे जानकार गोरखालीहरुले बताउने गरेका छन् ।
गोरखा जिल्लाको विकासका लागि ऐतिहासिक पर्यटनको अतुलनिय महत्व रहेको कतिपयको भनाई रहेको छ । नेपालका प्रथम सहिद लखन थापा, प्रथम मुख्तियार भिमसेन थापा, नेपाल एकीकरण अभियानका नायक पृथ्वी नारायण शाह, नेपालको पश्चिमी क्षेत्रका एकीकरणमा महत्वपूर्ण योगदान दिने अमरसिँह थापा, जहाँनिया शासनको सुत्रपात गर्नेका नाइके जँग बहादुर राणा समेतको जन्म गोरखामा नै हुनु र पनि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पूर्वधारको विकास उल्लेख्य मात्रामा नहुनुले के भए गोरखालीले पर्यटन क्षेत्रको विकास गर्न सक्ने हो भन्ने प्रश्न समेत उठेको छ ।
एसिया र अन्य महादेशका राष्ट्रहरुमा सन् १९७० पछिका ऐतिहासिक घटनाक्रमलाई जोडेर करौँडौका सँख्यामा पर्यटकहरु भित्र्याएर राष्ट्रलाई सफल बनाइरहेका बेला गोरखाले पाएका ऐतिहासिक धरोहरहरुको सँरक्षण र सँर्वद्धन गरेर ऐतिहासिक पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने कतिपयले बताएका छन् ।

 

 

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal