सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ ।

चलचित्रको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो । सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

चलचित्रको भव्यता सहित यसको विषयवस्तुबारे केही संकेत गर्दै सौरभले थिम र टाइटल अनाउन्समेन्ट गरेका हुन् । यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरले द्वन्द्वको संकेत गरेको छ । विद्रोहीको सेल्टरमा आगो लगाएको जस्तो देखिन्छ । तर, यकिन छैन ।

पोस्टरको माथिल्लो र बायाँ भागमा उडिरहेको रातो कपडा वा झण्डाले क्रान्ति वा रगतको संकेत गरेको छ । त्यस्तै, पृष्ठभूमिमा केही व्यक्तिहरुले रामलीला नाटक देखाइरहेको धमिलो रूपमा देखिन्छ, जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको बुझाउँछ । यो चलचित्र एक्सन ड्रामा जनराभित्र रहने बताइएको छ । पछिल्लो समय एक्सन र मेकिङमा निकै प्रशंसा पाएका सौरभले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेको बुझिएको छ ।

कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली सिनेमा उद्योगकै ठूलो स्केलको ‘एपिक एक्सन ड्रामा’ चलचित्र हुने बताए । “यो सिनेमा लाइनअप र मेकिङको हिसाबले नेपाली चलचित्र उद्योगकै अहिलेसम्मको बिग स्केलको सिनेमा हुनेछ,” उनले भने । निर्माण पक्षले सिनेमाको निर्देशक, लेखक, निर्माता र डिओपी सार्वजनिक गरे पनि कलाकार भने सार्वजनिक गरेका छैनन् । केही दिनमा कलाकारको लाइनअप सार्वजनिक गर्ने बताइएको छ ।

भदौ पहिलो साताबाट छायांकन सुरुवात गरिने चलचित्रको अधिकांश सुटिङ पूर्वी नेपालमा हुने र ७० दिनको सुटिङ सेड्युल रहने निर्माण टिमले जानकारी गराएको छ । चलचित्रको रिलिज डेटबारे सौरभले हतार नगर्ने बताएका छन् । उनले भने, “अहिलेलाई हामीले थिम र टाइटल अनाउन्समेन्ट गरेका छौँ, पूर्ण रूपमा छायाकंन सकिएसँगै पोस्टको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो । पहिला एउटा लाइन अप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौला नि ।”

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ । यो चलचित्रले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई समेट्छ वा काल्पनिक ‘साम्राज्य’को कथा भन्छ भन्ने कुरा थाहा पाउन भने समय कुर्नुपर्ने भएको छ । हाललाई भने यो पोस्टरले ‘द राइज अफ साम्राज्य’लाई वर्षकै बहुप्रतिक्षित चलचित्रको सूचीमा राख्ने निश्चित भएको छ ।

26 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal