मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

काठमाडौं। काठमाडौंको टोखा रोडस्थित ग्रिल्याडको राष्ट्रिय बाजिज्य बैक तथा नबिल बैकको तल्लो तलामा सञ्चालनमा रहेको ‘मिठो झोल मःम’ मा उपभोक्तालाई खान दिएको मःमभित्र कपाल भेटिएको छ। खाद्य स्वच्छता र उपभोक्ता सुरक्षामाथि प्रत्यक्ष असर पार्ने सम्बन्धित पसलमाथि कानुनी कारबाहीको माग गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार उपभोक्ताले खान लागेको मःमभित्र कपाल भेटिएपछि तत्काल पसल सञ्चालकको ध्यानाकर्षण गराइए पनि उनले गल्ती स्वीकार गर्दै माफी माग्नुको सट्टा पसल पक्षले उक्त घटनालाई सामान्य भन्दै बेवास्ता गरेको पाइएको छ।

उपभोक्ताले खानामा कपाल भेटिनु उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो, यस्तो कसरी भयो भन्ने प्रश्न उठाउँदा पसल सञ्चालकले यस्तो त कहिलेकाहीँ भइहाल्छ, यो सामान्य कुरा हो, भन्ने जवाफ दिएकी हुन। यति मात्र नभई, उपभोक्ताले कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि सञ्चालकले जे गर्नुपर्छ गर्नुहोस्, कसैले केही गर्न सक्दैन। प्रमाण सार्वजनिक गर्दा पनि मलाई केही फरक पर्दैन भन्दै चुनौतीपूर्ण अभिव्यक्ति दिएको पीडित पक्षको दाबी छ।

घटनापछि उपभोक्ताले सम्बन्धित निकाय जिल्ला प्रसाशन कार्यालयलाइ जानकारी गराइएको छ। खाद्य पदार्थमा सरसफाइको न्यूनतम मापदण्डसमेत पालना नभएको र त्यसप्रति सञ्चालकको गैरजिम्मेवार व्यवहारले उपभोक्ताको स्वास्थ्य अधिकारमाथि गम्भीर खेलवाड गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सँग सम्पर्क गर्दा हाल सार्वजनिक बिदा परेकाले तत्काल अनुगमन सम्भव नभएको जानकारी दिँदै सोमबारदेखि सम्बन्धित निकायसँग समन्वय गरी घटनाको छानबिन गरिने र दोषी पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गरिने बताएका छन्।

नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ र खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रचलित कानुनले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपभोग गर्ने अधिकार सुनिश्चित गरेको छ। खाद्य पदार्थमा फोहोर, कपाल वा अन्य दूषित वस्तु भेटिनु खाद्य स्वच्छताको गम्भीर उल्लङ्घनका रूपमा हेरिने कानुनी व्यवस्था छ। दोषी प्रमाणित भए सम्बन्धित व्यवसायीलाई जरिवाना, व्यवसाय बन्ददेखि अन्य कानुनी कारबाहीसम्म हुन सक्ने व्यवस्था रहेको छ।

यसअघि पनि यस्ता घटनामा सरकारले कारबाही गरेको उदाहरण छन्। केही समयअघि चितवनस्थित एक होटलमा गृहमन्त्री सुधन गुरुङले अण्डाको अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषय सार्वजनिक भएपछि सम्बन्धित होटलमाथि अनुगमन गरेर तत्काल कारबाही गरिएको थियो।

टोखा रोडको उक्त मःम पसलमा भएको घटनाले फेरि एकपटक राजधानीका होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको अवस्था, सरकारी अनुगमनको प्रभावकारिता तथा उपभोक्ता अधिकारको संरक्षणमाथि गम्भीर बहस सिर्जना गरेको छ। उपभोक्ताहरूले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

6 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal