सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
शत्रु गुञ्जा
नेपालीले नेपाल भनेर गर्वकासाथ उच्चस्तरीय काम गरेका व्यक्तिमाथि राष्ट्रबाट पाउनुपर्ने सम्मान अनि उचित पुरस्कारको व्यवस्था नभएको या नगरेको देखिरहँदा एकदम दुख लाग्छ, नेपालभित्र यस्ता धेरै व्यक्तिहरु छन् जसले राष्ट्रको तर्फबाट केही पाएको छैनन् ।
मानिसको मृत्युपश्चात सरकारको तर्फबाट थोरै रोए जस्तो नाटक र दुई शब्द मन्तव्य बाहेक केही छैन, जिउदो रहुन्जेल उसको कामलाई राष्ट्रले चिन्दैन, रबिन्द्र ढाँट आजको जिउदो उदाहरण हुन् । के उनको काम अनुसार सरकारको तर्फबाट उचित मुल्यांकन गरिएको छ ? किक बक्सिङलाई उनले कर्म बनाए अनुसार अब सरकारको तर्फबाट त्यस खेलप्रति कुनै उचित व्यवस्था मिलाएको छ त ? जसले नेपाली झण्डा बिदेशी भूमिमा लहराए जसले नेपालमै रहेर नेपाललाई चिनाए यो सबै व्यक्तित्वप्रति सरकारको सोच र बिचार कहाँसम्म माथि छ ? जिउदो उदाहरणहरुलाई कुन रुपले आज मान–सम्मान दिएका छ ?
दक्षिण एसियाली खेलकुद -साग) नेपाली खेलकुदका लागि एक मात्र यस्तो बृहत् खेल प्रतियोगितामा हो, जसमा बलियो चुनौती पेस गर्न सकिन्छ। त्यो अर्थमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण अन्तरदेशीय प्रतियोगिता नै यही हो। प्रतियोगिताको ३५ वर्ष लामो इतिहासमा नेपालले केही गर्विला उपलब्धि पनि हात पारेका छन् । सागको इतिहासमा यस्ता उपलब्धिको साक्षी बनेका सबैभन्दा शीर्ष १० नेपाली खेलाडी यिनलाई मान्न सकिनेछ ।
दलबहादुर रानामगर, बक्सिङ, गणेश थापा, फुटबल, कमल अधिकारी, भारोत्तोलन,दीपक श्रेष्ठ, कराँते संगीना वैद्य, तेक्वान्दो, गिता क्षेत्रि र सिजरिन शाह टेबल टेनिस राजु शाक्य फुटबल तर नाम खै कुन नेपाली इतिहासमा यो लेखिएको छ के आज नेपाली सबैमा यो नाम पनि याद छ त्यो महत्व सरकारले नदिए कसले दिने नेपाली भनेर जब एक व्यक्ति लड्न अथवा देशको लागि मैदानमा उत्रन तयार छ भने देश या राज्य अथवा सरकारको पनि त कुनै दायित्व होला आजको नोेैलो इतिहासमा नेपाली रच्दै गरेको नयाँ याम भनोै या नयाँ बिहानी नेपालको खेलकुद क्षेत्रमा इतिहास रच्ने खेलाडीहरूले देशको नाम विश्वसामु उच्च बनाएका छन् । क्रिकेटमा रोहित पोैड्याल -कप्तान), कुसल भुर्तेल र दिपेन्द्र सिंह ऐरी जस्ता खेलाडीहरूले नेपाललाई टी–२० र एकदिवसीय विश्वकपसम्म पुर्याएर नयाँ इतिहास रचेका छन् यस्तै, पारस खड्काको योगदान पनि नेपाली क्रिकेटका लागि स्वर्णिम मानिन्छ ।
तर आज कुन अवस्थामा छन् के त्यो याद क्षणभरको लागि थियो या हामी र हाम्रो सरकारबाट गल्ति भैरहेको छ के देश प्रति लड्ने मान्छेलाई त्यहीँ नेै हो देशले गर्ने सम्मान ? करोडौं करोड खर्च गर्छ एक बिदेशीले आफ्नो खेलाडीप्रति किन? के का लागि ? तर नेपालमा तै खेलाडीप्रतिको चलखेल सरकार पक्ष अथवा त्यहाँको मुख्य मान्छेबाट नै भएको भएर आज देशले उदाहरणीय व्यक्ति गुमाएको छ ।
नेपाली खेलकुदमा महिला खेलाडीको अलग पहिचान बनाउने खेलाडीको सूची लामो छ । तेक्वान्दोकी सविता राजभण्डारीले एसियाली खेलकुदमा रजत पदक जित्नु नेपाली खेलकुदको व्यक्तिगत स्पर्धाको ठूलो सफलता हो । साढे दुई दशकअघि -सन् १९९८) मा उनले दिलाएको त्यो सफलता पुरुष खेलाडीले प्राप्त गर्नसकेका छैनन् । तेक्वान्दोकै संगिना वैद्यले सन् २००४ मा ओलम्पिक छनोट पार गरेकी थिइन् । नेपाली खेलकुद इतिहासमै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी नै महिला हुन् ।
महिला राष्ट्रिय फुटबल टोलीबाट ९ वर्षदेखि खेल्दै आएकी साम्बाले ४२ खेलमा ४२ अन्तर्राष्ट्रिय गोल गर्नु सानो उपलब्धि होइन । महिलाभन्दा पुरुष टोलीले धेरै वर्षअघिबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो । तर, पुरुष खेलाडीले अहिलेसम्म सबैभन्दा बढी १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । त्यसको दाँजोमा महिला खेलाडी निकै अघि छन् । मिरा राई, सुनमाया बुढाजस्ता अल्ट्रा दौडमा अलग पहिचान बनाउने पनि नेपाली खेलाडी हुन् । १९९४ मा हिरोसिमा एसियाडमा सीता राईले करातेमा कास्य पदक जितेकी थिइन् । उनी करातेमा अन्तर्राष्ट्रिय पदक जिताउने पहिलो नेपाली खेलाडी हुन् ।
दक्षिण एसियाली खेलकुद (साग) को झण्डै ४ दशक लामो इतिहासमा एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो महिला हुन् । उनले सन् २०१९ मा स्वदेशमा भएको १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्णपदक जितेकी थिइन् । ८ सफल महिला खेलाडी जसले आफूलाई अब्बल प्रमाणित गरे ।
सर्वाधिक सफल सविता राजभण्डारी (तेक्वान्दो) सविता राजभण्डारी तेक्वान्दोकी अहिलेसम्मकै सर्वाधिक सफल खेलाडी हुन् । सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा उनले जितेको रजत पदक एसियाडमा अहिलेसम्मकै व्यक्तिगत ठूलो पदक हो । यसअघि सन् २०१८ मा नेपालले इन्डोनेसियामा भएको जकार्ता एसियाडमा टिम इभेन्टमा रजत पदक जितेको थियो । यद्यपि व्यक्तिगत स्पर्धामा अहिलेसम्म पनि राजभण्डारीको कीर्तिमान कुनै खेलाडीले तोड्नसकेका छैनन्। जब जब नेपाली खेलकुदमा एसियाली खेलकुदको चर्चा हुन्छ सविताको नाम सबैभन्दा पहिले लिइने गरिन्छ । किनकि एसियाली खेलकुदमा अहिलेसम्म नेपाललाई रजत पदक दिलाउने पहिलो नेपाली एक्ली महिला खेलाडी यिनै हुन् । एसियाडमा रजत पदक जितेपछि सविताले १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जितेकी थिइन् । अहिले नेपाली खेलकुदबाट टाढा भए पनि खेलाडीको आवश्यकता पूरा गर्न उनले सहयोग गरिरहेकी हुन्छिन्।
नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन थालेको थियो। तर नेपाली खेलकुदमा ओलम्पिकको चर्चा सन् २००४ को एथेन्स ओलम्पिकपछि हुने गरेको छ । कारण नेपालको इतिहासमा पहिलोपटक छनोट चरण पार गरेर नेपाली खेलाडी ओलम्पिकमा सहभागी थिए । त्यो गर्विलो इतिहास रच्ने तेक्वान्दो खेलाडी हुन्, संगिना वैद्य । त्यसअघि कुनै खेलाडीने छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिएनन् ।
२५ वर्षदेखि सक्रिय तारादेवी पुन (भारोत्तोलन) भारोत्तोलनकी तारादेवी पुन नेपाली खेलकुदमा अर्की सफल महिला खेलाडी हुन् । २०५४ नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदपछि उनी भारोत्तोलनमा लगातार नेपाल च्याम्पियन बनेकी छिन् । खेल प्रति र रुचि भएका कुनै पनि खेलाडि लाई कुनै स्थर दिएको छैन तसर्थ आज सम्म आउदा देशलाई पदक जिताउने खेलाडि सबै गुमनाम छन् आज कत्ति यस्ता खेलाडि पनि छन् जुन कत्ति मान्छेलाई थाहा नै छैन । किन अनि कसरी कारण सरकारको पक्ष बाट सम्मान को व्यवस्था राम्रो नभएको र एक पटक पछि अर्को पटक सरकार ले वेवस्था गरेको सिधै अनुमान गर्न सकिन्छ, खेलाडिलाई एक खेल पछि अरु कुनै मोैका सायद दिएको छैन अथवा नेपाल मै त्यो खेललाई माथि तान्ने काम गरिदैन खेल भनेको बजार हो जत्ति सम्म बिकाउन सक्योै बिक्छ र बजारलाई व्यवस्थित बनाउछ तर यहाँ त चलखेल को बजार भएर होला खेलको बजार एक पछि अर्को पटक मिल्दैन केही सोचिदै ।
देशलाई बिकास तर्फ धकेल्न खेल ले निकै महत्वपूर्ण भुमिका निर्वाह गर्छ बिश्वब्यापी बजार यहीँ खेल मार्फत फैलिन्छ तर नेपाल ले खेल प्रति देखाउने चासो या खेलाडि प्रतिको चासो भने शुन्यता नै छ न । निकट भबिष्यको लागि भए पनि आजको सरकारले खेलप्रति ध्यान दिन जरुरी छ जब देशमा बिदेशी मूल्य मुल्यांकन भएर भित्रिन्छ तब मात्र देश भित्र बिकासको धेरै कामहरु चर्को रुपले फड्को मार्ने सम्भावना देखिन्छ नत्र धेरै राष्ट्रलाई हेर्न सकिन्छ खेल र खेलाडिको कारण देश कत्तिसम्म अगाडि छ ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





