‘लोकलयमा पहिलो चारुसङ्ग्रह’ सार्वजनिक

२०८३ असार १४ गते, आईतवार

काठमाडौं । हामी र हाम्रो कृति समाजको २६औँ कृति हिजो शनिबार सार्वजनिक भएको छ । दिपक पनेरुको चारुसङ्ग्रह ‘शून्य अनुराग’ बालुवाटार, काठमाडौँ स्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभहलबाट लोकार्पण सम्पन्न भयो ।

दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजका संस्थापक सदस्य पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङ्कृतज्यू’ले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सोही संस्थाकी संस्थापक सदस्य सुभद्रा अधिकारीले दिनुभएको थियो ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा वरिष्ठ साहित्यकार एवम् गजलकार ज्ञानुवाकर पौडेल रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिको आसनमा वरिष्ठ कवि एवम् मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडौँका अध्यक्ष कलानिधि दाहाल, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाज्यू, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, मुक्तक अभियन्ता एवम् हातेमालो साहित्य संगमका केन्द्रीय अध्यक्ष सुनिल अधिकारी, साहित्यकार तथा आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल ‘महेश, प्रथम चारुसङ्ग्रह प्रकाशित गर्नु भएकी अमृता रसाइली (रामदाम) ज्यू र भू.पु. प्रहरी महानिरीक्षक लक्ष्मण रायमाझी रहनु भएको थियो ।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिज्यूहरूले विमोचित कृति माथि सटिक विश्लेषण गर्दै दिपक पनेरुद्वारा लिखित लोकलयमा प्रथम चारुसङ्ग्रह ‘शून्य अनुराग’ साहित्यको भण्डारमा एऊटा छुट्टै पहिचान बोकेको कृतिको रूपमा रहने कुरामा आफूहरू ढुक्क भएको प्रष्ट पार्दै विमोचित कृतिका कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथिको आसनमा रहनु भएका डा. देवी पन्थीज्यूले समीक्षकको समेत भूमिका निर्वाह गर्दै विमोचित कृति ‘शून्य अनुराग’ लोकलयमा प्रथम चारुसङ्ग्रह भएको र यस सङ्ग्रह भित्र समेटिएका हरेक चारुका पङ्क्तिहरू अत्यन्तै गहन र मिठो भावमा सजिएको हुँदा पाठक वर्गको मन छुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउँदै कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी विमोचित कृतिका कृतिकार दिपक पनेरुज्यूले कृति प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै विमोचन सभालाई सफल बनाईदिन उपस्थित हुनुभएका सम्पूर्ण साहित्यकारज्यूहरू प्रति आभार प्रकट गर्नुभएको थियो ।

लगभग ७० जना साहित्यकारज्यूहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुनु भएका मध्यहरूबाट विमोचित कृतिबाटै रचना वाचन गर्नुहुनेहरूमा मानन्धर अभागी, राजेन्द्र कुमार बज्राचार्य, अरूण खड्का, प्रमोद भट्टराई ‘ प्रतिक’, नम्रता उप्रेती, सुभद्रा अधिकारी, इन्दिरा रेग्मी, अमृता रसाइली ‘रामदाम’, कल्पना मरासिनी र बद्री उप्रेती रहनु भएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपालले कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार दिपक पनेरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal