एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ ?

२०८३ असार १४ गते, आईतवार

शत्रु गुञ्जा
ठुलो जनआन्दोलन जेनजि पछि आएको नयाँ सरकार धेरैको रगत बगेर बनेको नयाँ सरकार अनि युवा र बच्चाले ज्यान दिएर ठडिएको नयाँ सरकार र आजको नयाँ निति र नयाँ इतिहास ।
भाषण त पुरानाको पनि उत्तिकै चर्को र गहकिलो थियो संबिधान र शुसाशनका कुरा उत्तिनै उठेको थियो जत्ति आज उठेको छन् बस् आज अलिक कार्यशैलि फरक देखिएको छ नयाँ जोस र जागर फरक देखिएको छ केही आशा अनि कत्तिलाई आपत्ति बनेको आजको प्रमुख राजनिति ।
बिकाशको चरण पहिलो दोस्रो तेस्रो गर्दै प्राथमिकता केलाई दिने कत्ति समय छुट्याउने जनताको निम्ति कुन समस्यालाई मुख्य समस्या सोच्ने र अगाडि बड्ने के आजको सरकारले सोचिरहेको होला त ? एक्सप्रेस गाडि नेपालको बाटोमा हिड्न कहाँ त्यत्ति सहज छ महेन्द्र राजमार्ग लाई हेर्ने हो भने त चोक चोकमा ब्रेक लाग्छ प्लेन -हवाई) मा उडे जस्तो सजिलो पक्कै छैन अनि बोले जस्तो सजिलो र सरल कुनै मोडमा हुदैन ।
आज र अहिले नै जनता ले बिकाश खोजेको हैन तर सम्भवत चाडोँ होस् अनि सजिलो होस् , पुरानो कुरा कोट्याएर अब पनि समय बिताउने हो भने पाँच बर्ष नाघेको पत्तो हुदैन, यो कुनै चेस गेम जस्तो हैन यो देश हो एक राज्य हो, पुरानो जुन मुख्य बिषय छ आम जनताको लागि त्यो गलत भएको थियो या त देश प्रति कुनै घात गरिएको थियो त्यस्ता अपराध जन्य कार्यहरु गर्नेलाई खोजि गरि सजाय मिलोस् तर अब सोच्ने शक्ति र बिकाशको गतिलाई त्यहीँ एक्सप्रेसको रफ्तारले चलाउन जरुरि छ ।
पानिको मुहान भएको देशमा बिजुलि खै हिमाल भएको देशमा स्वच्छ हावा खै अझै तुहिन चल्दैछ गाँउमा त्यहाँ नेता खै भिर झरेर बर्सेनि यात्रामा बिजोग भएको र धनजनको क्षति भएको देखेको र सुनेको छोै त्यहाँ ध्यान खै अन्य धेरै समस्या छन् जुन सुधार्न र नयाँ बनाउन अत्यन्त जरुरि छ अनि यस्ता कुराहरु जुन छोपिएको छ तर यस्तै समस्या ले भोलि ठुलो हानि गर्छ, अबको पाचँ बर्षे कार्यकाल ले र देशभित्रको बिकाश ले अर्को पाचँ बर्षको भबिष्य निर्धारण गर्नेछ जनताले शिरमा राखेको सरकार हो फेरि शिर झुक्ने काम नगर्नु । नियम र कानुन भन्दा माथि कुनै व्यक्ति हुदैन तर त्यहीँ नियमको उल्लघन् गरेर देश भित्र अनेकोै कारोवार चल्छन् ।
घुसलाई विशेष ठाउँ दिईने देश भन्दा धेरै सोच्नु नपर्ला अनि चलखेलको एक नम्बर भित्र पनि नेपाल नै पर्छ यसमा साएद दुई मत नहोला अनि यो चलाउने र गर्ने र यहीँ खेलहरुलाई बडुवा दिन पनि सरकार को हात छ भनिरहदा कुनै अफसोच हुदैन ।
अब जनताको हकहितबारे सोचियोस् देशको बिकाश प्रतिको कदम देख्ने मोैका मिलोस् मुख्ययत् समस्याको बिषयमा छलफल र छानबिन गरि बिकास कार्यलाई पहिलो प्राथमिकता दिने प्रयत्न गरोस् ।

98 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal